संवाद नै निर्वाचन
सफलताको शुत्र
सफल लोकतन्त्रको संचालन वृहतर
संवादमा मात्र सम्भव छ
। संवाद लोकतन्त्रको
सुन्दर पक्ष हो
। संवादको अभावमा
लोकतन्त्र मात्र नाममा सीमित
रहन पुग्छ ।
यो यथार्थलाई स्वीकार
गरिएन भने लोकतन्त्रको
मूल्य र मान्यतालाई
आत्मसात गरेको ठहरिँदैन ।
संवादहीनताको सोच भनेको
तानाशाही वा अधिनायकवादी
शासन संचालनको पृष्ठपोषण
हो । नेपालको
विद्यमान राजनीतिक अवस्थाका आधारमा
विश्लेषण गर्ने हो भने
नेपाल अहिले एक
किसिमले संवादहीनताको अवस्थाबाट गुज्रिरहेको छ
। यहाँ जिम्मेबारीमा
बसेकाले संवादको औचित्य त
स्वीकार गर्छन तर संवाद–प्रक्रियाको उचित थालनी
भने गर्न चाहिरहेको
देखिँदैन । फलतः
जनताका इच्छा, आकांक्षा, आशा,
अपेक्षा, विचार, दृष्टिकोण आदी
छरपस्ट छरिएक छन ।
सरकारले आगामी र्मसीर चार
गते संविधानसभाको चुनावको
तिथि घोषण गरेको
छ । चारदलीय
संयन्त्रले समेत सर्वसम्मत
निर्णय गर्न नसकेपछि
सरकारले यो तिथि
घोषाण गरेर आफ्नो
औचित्य सावित गर्ने अर्जुन–प्रयास गरेको छ
। सरकारको यो
निर्णयको लोकतन्त्रमा विश्वास गर्ने
सबैले स्वागत गर्नैपर्छ
। चुनाव गराउने
उद्देश्यले नै अस्तित्वमा
आएको प्रधानन्यायधीश नेतृत्वको
पूर्वसचिवहरु सम्मिलित यो सरकारले
असन्तुष्ट पक्ष र
जसका सहयोगबाट यो
सरकार बनेको हो
अर्थात ठूला चार
दलसँग संवाद गर्ने
र त्यसैमाध्यमबाट समाधान
खोज्ने भगिरथ प्रयत्न गरेको
हो । तर
सरकारको भगिरथ पराजित हुन
पुगे । गंगाले
पृथ्वी टेकिनन । संवादबाट
सर्वसम्मत परिणाम प्राप्त हुन
नसकेपछि सरकार एक्लैले चुनावको
तिथि घोषणा गर्नुपरेको
छ । तिथि
घोषणापछि ठूला चार
दलले त सरकारको
निर्णयको स्वागत गरेका छन
। तर नेकपा
– माओवादीलगायतका वयालिस दल विरोधमा
उत्रिएका छन ।
यसबाट तिनले चुनाव
नचाहेको स्पष्ट हुन्छ ।
लोकतन्त्रको सुगा रटाई
गर्ने तर
चुनावको विपक्षमा प्रस्तुत हुनेहरु
कस्ता लोकतन्त्रका पक्षपाती
हुन ? एउटा कुरा
के निश्चित हो
भने चुनावको अभावमा
लोकतन्त्र संस्थागत हुन सक्दैन
र मात्र अधिनायकवादी
सोचलाई प्रश्रय मिल्छ ।
यसप्रति सबैलाई हेक्का हुनु
जरुरी छ ।
संवाद–प्रक्रियामा सामुन्नेको पक्षको
अस्तित्वको स्वीकृति अत्यन्त महत्वपूर्ण
हुन्छ । संवादका
नाममा आफ्ना धारणामात्र
थोपर्ने वा परम्परादेखि
स्वीकृत भइ आएका
दृटिकोणकमा मात्र सहमति खोज्ने
प्रयत्न हुन्छ भने त्यसलाई
संवादका रुपमा स्वीकार गर्न
सकिँदैन । सम्भवतः
त्यो विवाद हो
। यस अर्थमा
विश्लेषणको प्रयत्न गर्ने हो
भने विगतमा सरकार
र ठूला चार
दलले गरेको भनिएको
संवादको प्रक्रिया तर्कसंगत थियो
वा थिएन भन्ने
प्रश्न गर्न सकिन्छ
। यतिमात्र होइन, पक्षहरु
शायद विनापूर्वाग्रह प्रस्तुत
हुन नसकेका कारण
पनि संवादले सार्थक
आकार ग्रहण गर्न
नसकेको हुनुपर्छ । शायद
यो अडान थियो
। संवादमा आफ्ना
भनाइ राख्नुका साथै
अर्काको कुरा पनि
खुला हृदयले सुन्ने
र असहमतिलाई स्वीकार
गर्दै समानताको खोजी
गर्ने अनि त्यसै
आधारमा भविष्यको यात्रा तय
गर्ने अपेक्षा गरिन्छ
। संवादको यो
यथार्थलाई स्वीकार गर्ने हो
भने प्रश्न उठ्छ
नेपालमा यस्तो संवादको अवस्था
छ कि छैन
? नेतृत्व तहमा रहेकाले
कहिल्यै यसरी सोचेका
छन कि छैनन
? नेपालमा पछिल्लो दिनमा सत्ता
साध्यका रुपमा स्थापित भएको
छ । जबकी
यो साधन मात्र
हो । सत्ताको परिचयलाई यसैरुपमा
परिभाषित गर्ने प्रयत्न भएको
छ । प्रत्येक
अवस्थामा शक्तिको स्रोतका रुपमा
सत्ताको पहिचानलाई मान्यता दिइएको
वर्तमान नेपालको सम्पूर्ण राजनीति
पूर्णतः यसै वरिपरि
केन्द्रीत छ ।
सत्ता नागरिक सम्झौताको
संस्था हो जसको
निर्माणको केन्द्रमा जनताका इच्छा
र आकांँक्षा छन
भन्ने सत्यलाई स्वीकार
गर्न नसकिँदा थुप्रैथरि
समस्यालाई हामीले आमन्त्रण गरेका
छौं । सत्ताको
प्राप्ति र सत्ताबाट
वहिगर्मनका लागि जनताका
मनोकांक्षालाई जनताकै नाममा बन्धकी
बनाएर केही ठालुले
आफ्ना अभीष्ट सिद्ध
गर्न खोजेको यथार्थ
हाम्रासामु छर्लगं छ । सत्ता साधन हो
नागरिकको कल्याणको । यस
अर्थमा जनताको हीत साध्य
हुनुपर्ने हो ।
तर हाम्रो राजनीतिक
नेतृत्वले लोककल्याणको साध्यलाई आ–आफ्नो दृष्टिकोणका आधारमा
अथर््याउने गरेका छन । यथार्थमा
जनताले के चाहेका
छन ? तिनका आवश्यकता
के हुन ? तिनको
समाधान कसरी हुन
सक्छ ? समाधानमा स्वयं जनताको
भूमिका के हुन
सक्छ ? सत्ताका गतिविधिबारे जनतालाई
जानकारी दिने र
त्यसबारे तिनको राय बुझ्नुु
आवश्यक छ कि
छैन ? जस्ता केही
यस्ता यक्ष प्रश्न
हुन जसका बारेमा
सत्ताका वरिपरि रहेकाले सोच्न
कहिल्यै आवश्यक ठानेनन ।
यतिखेर सत्य यही
हो कि जनताले
चुनाव चाहेका छन
र तिनले मुलुकका
सबैथरि समस्याको समाधान चुनावकै
माध्यमबाट चाहेका छन ।
अहिले सबैका बीचमा
यसै विषयमा संवाद
केन्द्रित हुनुपर्ने हो ।
शायद हाम्रा नेतामा यति
सोच भइदिएको भए
विगतको संविधानसभाले विना संविधान
नै मृत्युवरण गर्नुपर्ने
थिएन । अहिले
संविधानसभाको अर्को निर्वाचनको तिथि
घोषणा गरिएको छ
। यसलाई किमार्थ
पनि असफल हुन
दिनु हुादैन ।
निश्चय पनि माथिका
सबै प्रश्नको उत्तर
संवादसँग सम्बन्धित छन र
संवादको लक्ष्य संविधानसभाको सफलता
बन्न सक्नुपर्छ । जनता–जनताबीच र जनता–सत्ताबीच संवादको निःस्वार्थ
प्रक्रियाको प्रारम्भ गर्न सकिए
शायद विद्यमान
धेरैजसो समस्याको समाधान प्राप्त
हुन सक्छ ।
दुर्भाग्य नै भन्नुपर्छ,
हामीकहाँ ‘आफ,ू म
र हामी’ सस्कृतिको
विकास भयो ।
जहाँ बुझाइृको एकहोरो
शृंखलाले निरन्तरता पाइरह्यो र
समाज विशृंखलको दिशामा
अग्रसर भइरह्योे । मैले
जे सोचें, भने
र गरें त्यही
ठीक भन्ने मान्यताको
निरन्तरताबाट अर्काको विचार र
दृष्टिकोणले सधैं थिचिनुपर्ने
अवस्थाको सिर्जना भयो ।
अझै पनि ढिलो
भइसकेको छैन, यस्तो
प्रवृत्तिको अन्त्य हुनु आवश्यक
छ । अर्काको
अस्तित्वलाई स्वीकार गरेर संवादको
संस्कृतिको थालनी गर्न सके
साँच्चै ‘राष्ट्रियताले’ सार्थक आकार ग्रहण
गर्न सक्छ र
निर्वाचन पनि सम्भव
हुन सक्छ ।
सबैले बुझिदिनु पर्यो,
चुनावको विकल्प छैन ।
चुनावको विरोध गर्नु भनेको
लोकतन्त्रकै विरोध गर्नु हो
। अहिले तिथि
घोषणा हुनु स्वागतयोग्य
छ । तर
संवादको प्रक्रियालाई निरन्तर जारी राखिनुपर्छ
। तब मात्र
घोषणा भएकै तिथिमा
शान्तिपूर्ण निर्वाचनको सफलता सम्भव
छ ।
स्थानीय प्रजातन्त्र–२०७० जेठ
(जिल्ला विकास समिति महासंघ)
No comments:
Post a Comment