पदाधिकारीविहीन सूचना आयोग
पदपूर्तिका नाममा मर्म नमरोस
तानाशाही व्यवस्थाको सबैभन्दा वलियो
हतियार जानकारी दबाउनु हो
। लोकतन्त्रको सबैभन्दा
वलियो हतियार सूचनाको
खुलापन हो ।
–एडवर्ड टेलर
विश्वमा सूचनाको हकको अभियानको
इतिहास निकै लामो
छ । स्वीडेनमा
सन १७६६मा ल्याइएको
प्रेसको खुलापनसम्बन्धी कानुनलाई सूचनाको हकको
प्रथम आधारशीलाका रुपमा
स्वीकारिन्छ । त्यसपछि
विभिन्न कालखण्डमा सूचनाको हकको
पक्षमा अनैकौं अभियान थालिए
। अनेकौ प्रयासले
मूर्त रुप लिए
। विश्वमा अहिले
पनि यससम्बन्धी आन्दोलन
कुनै न कुनै
रुपमा अस्तित्वमा छ
। सन १९९०
र त्यसपछिको दशक
यो अभियानका लागि
निर्णायक सावित भएको छ
। यस अवधीपछि
विश्वका विभिन्न राष्ट्रले सूचनाको
हकको महत्वलाई कुनै
न कुनै रुपमा
आत्मसात गरे ।
विश्वपरिवेश विस्तारै सूचनामैत्री बन्दै
गएको अनुभव गरियो
। अहिले विश्वमा
एक सय पाँचभन्दा
बढी देशमा सूचनाको
हकसम्बन्धी संवैधानिक वा कानुनी
व्यवस्था छ ।
नेपालमा पनि विश्वपरिवेशको
प्रभाव अनुभूत गरियो, नेपालको
संविधान–२०४७ मा
पहिलोपटक सूचनाको हकलाई नागरिकको
मौलिक हकको रुपमा
स्वीकार गरियो । अन्तरिम
र्सविधान–२०६३ मा
पनि यसलाई निरन्तरता
प्रदान गरियो । यस
प्रावधानलाई प्रचलनमा ल्याउन भूमिका
निर्वाह गर्यो सूचनाको हकसम्बन्धी
ऐन–२०६४ र
नियमावली–२०६५ ले
। यो ऐनलाई
विगतको ०६२–०६३को
जनआन्दोलनपछि नेपाली जनताले राज्यका
तर्फबाट प्राप्त गरेको महत्वपूर्ण
उपहारका रुपमा पनि व्याख्या
गरिन्छ ।
ऐनको व्यवस्थाअनुसार राष्ट्रिय सूचना आयोग
पनि गठन भयो
। पदाधिकारीहरुको समयावधि
समाप्त भएकाले हाल आयोग
आयुक्तविहीन अवस्थामा पुग्दा समस्या
उत्पन्न भएको छ
।
सूचनाको अधिकतम खुलापन लोकतन्त्रको
मेरुदण्ड हो ।
जुन व्यवस्थामा सूचनामा
जनताको जति बढी
पहुँच हुन्छ त्यो
व्यवस्था त्यति नै बढी
लोकतान्त्रिक मानिन्छ । अहिले
करिव करिव सम्पूर्ण
विश्वले उक्त दृष्टिकोणलाई
आत्मसात गर्दै आफनो शासन–व्यवस्थालाई सूचनामैत्री बनाउने
भरमग्दुर प्रयत्न गरिरहेका छन
। प्रसिद्ध दार्शनिक
एडवर्ड टेलरको माथि उल्लेखित
भनाईले पनि लोकतन्त्रको
सफल संचालनका लागि
सूचनाको खुलापनको शाश्वत महत्वलाई
स्पष्ट गर्दछ । भारतीय
प्रधानमन्त्री डा मनमोहन
सिंहले सूचनाको हकलाई लोकतन्त्रलाई
वास्तविक लोकतन्त्रमा परिवर्तन गराउने
महत्वपूर्ण औजारको संज्ञा दिएका
छन । वास्तवमै
यो हक यस्तो
औजार हो जसको
प्रयोगबाट लोकतन्त्रमा जनताले वास्तविक
अर्थमा सम्प्रभुसम्पन्न बन्ने अवसर प्राप्त
गर्दछन । सैद्धान्तिक
रुपमा यो हकको
महत्वका बारेमा जति पनि
कुरा गर्न सकिन्छ
। तर जब
कुरा व्यवहारको हुन्छ
तब चुनौतीको सूची
निकै लम्विन सक्ने
सम्भावना हुन्छ । राष्ट्रिय
सूचना आयोग पदाधिकारीविहीन
हुनु यस्तै एक
चुनौती हो ।
नेपालमा सूचनाको हक प्रचलनमा
आएको पाँच वर्ष
नाघिसकेको छ ।
आम जनताबीच यो
क्रमशः परिचित हुँदैछ ।
यसको प्रभावका सम्बन्धमा
आम जनतामा जागरुकता
बढनु यस अवधीको
ठूलो उपलब्धि हो
। तर सरकारीस्तरबाट
यस हकको प्रचलन
र ऐन कार्यान्वयनका
दिशामा यस अवधीमा
भए गरेका कार्य
सन्तोषजनक छैनन ।
शासनलाई पारदर्शी बनाउने, भ्रष्टाचार
र अनियमितता नियन्त्रण
गरेर सुशासन कायम
गर्ने सन्दर्भमा यो
ऐनको ठूलो महत्व
छ । आम
जनतालाई व्यक्तिगत र सार्वजनिक
महत्वको सूचना प्राप्त गर्ने
संवैधानिक र कानुनी
अधिकार छ ।
यस्ता सूचना सबैभन्दा
बढी सरकारी निकायसँग
हुन्छन, तर गोपनियताको
शपथ खाएर कर्मचारीतन्त्रमा
हुर्केकाहरु सूचना लुकाउनुलाई नै
आफ्नो सफलता ठान्दछन
र जनतालाई सूचना
दिन तयार हुँदैनन
। नेपालमा सूचनाको
हक प्रचलनका दिशामा
अहिले देखिएको सबैभन्दा
ठूलो समस्या कर्मचारीतन्त्रको
यही मनोवृत्ति हो
। शासनमा बस्नेहरु
आफ्नो यो मनोवृतिमा
सुधार ल्याउन सहजै
तयार देखिँदैनन ।
सूचनाको हकको मर्म
यो मान्यता र
मनोदशाभन्दा नितान्त पृथक छ
। अन्तर्राष्ट्रिय मान्यताअनुसार
सूचनाको अधिकतम खुलापन यसको
मुख्य आशय मात्र
होइन यसको आत्मा
पनि हो ।
सूचनाको हकका पक्षपातीहरुका
अनुसार सूचनाको हकको कुरा
गर्दा सर्वोत्तम अवस्था
भनेको सेवाग्राहीले सूचना
माग्नै नपरोस भन्ने हो
। तर नेपालजस्तो
देशमा यो अवस्थाको
कल्पनासम्म पनि गर्न
सकिँदैन । देशको
कर्मचारीतन्त्र अझै पनि
सूचनामैत्री हुन नसक्नु
दुखद छ । कर्मचारीतन्त्रका आफ्नै सीमा छन,
यो बुझ्नुपर्ने हुन्छ
। संयोग नै
मान्नुपर्छ अहिले सूचनाको हकको
प्रचलनको जिममेबारीमा रहेको आयोगको
नेतृत्व कर्मचारीकै जिम्मामा छ
।
राष्ट्रिय सूचना आयोग अहिले
रिक्त छ । प्रमुख आयुक्त विनय
कसजुले उमेर हदका
कारण अवकाशप्राप्त गरेपछि
कार्यवाहक प्रमुख आयुक्तका हैसियतले
आयोगको नेतृत्व श्री आचार्यले
गरिरहेका थिए ।
गत जेठको अन्तिम
साता आचार्य र
आयुक्त सविता भण्डारी वरालको
पदावधि सकिएपछि आयोग यतिखेर
कर्मचारीको नेतृत्वमा संचालित छ
। त्यसो त
पदावधि सकिनेबेलामा आयुक्तहरुले सचिवलाई
अधिकार प्रत्यायोजन गरेका छन
। अधिकार प्रत्यायोजनका
आधारमा दैनन्दिनका कार्य संचालन
गर्न र प्राप्त
उजुरीलाई सम्बोधन त गर्न
सकिएला तर पुनरावेदनका
निवेदनहरुको किनारा लगाउन सकिने
छैन । ऐनले
पुनरावेदकीय अधिकार प्रत्यायोजन गर्न
नमिल्ने व्यवस्था गरेको छ
। झट्ट हेर्दा
यो सामान्यजस्तो देखिए
पनि हक प्रचलनका
दृष्टिले यो अत्यन्त
महत्वपूर्ण पक्ष हो
। एक किसिमले
भन्ने हो भने
पुनरावेदकीय अधिकार आयोगको केन्द्रीय
विन्दू हो ।
यसलाई आयोगको आत्माको
पनि संज्ञा दिन
सकिएला । यो
अधिकारको उपयोग गर्न नसकिएको
अवस्थाको अर्थ हक
प्रचलनमा बाधा पुग्नु
हो । यो
सत्य हो, पुनरावेदकीय
अधिकारको अभावमा आयोगमा अहिले
थुप्रै उजुरी थन्किएर रहनुपर्ने
अवस्था सिर्जना भएको छ
। अहिले यो
समस्याको गाँठो कसरी फुकाउने
भन्ने अर्को समस्या
उत्पन्न हुन पुगेको
छ । गाँठो
फुकाउने नाममा वैकल्पिक वाटो
रोजिँदा अर्को खतरा उत्पन्न
हुन सक्ने सम्भावनालाई
पनि नकार्न सकिँदैन
। ऐनले आयोगको
प्रमुख आयुक्त र आयुक्तको
सिफारिसका लागि संसदको
सभामुख, सूचना तथा संचार
मन्त्री र नेपाल
पत्रकार महासंघको अध्यक्ष रहने
गरी तीन सदस्यीय
समितिको व्यवस्था गरेको छ
। तर अहिले
सभामुख नहुँदा सिफारिसको औपचारिक
कार्य कठीन छ
। यो समस्या
फुकाउन अध्यादेशमार्फत ऐनमा सिफारिस
समितिमा संशोधन गर्नुपर्ने हुन्छ,
यो वैधानिक वाटो
हो । तर
अहिले यो वाटो
प्रयोग गर्दा सिफारिस समितिको
संशोधनसँगै ऐनका अन्य
प्रावधान पनि चलाउन
सकिने खतरा रहन्छ
। यसो भयो
भने ऐनको भावनामाथि
नै प्रहार हुन
सक्ने सम्भावनालाई अस्वीकार
गर्न सकिँदैन ।
सूचनामा नियन्त्रणको सोच राख्ने
कर्मचारीतन्त्रका लागि अहिलेको
सरकारी अवस्था अनुकूल हुन
सक्छ भन्दा असान्दर्भिक
ठहरिन्न ।
निश्चय पनि यो
अवस्था जटिल हो
। पुनरावेदकीय अधिकार
प्रयोग हुन नसक्ने
अवस्थामा एकतिर जनताको सूचनाको
हकको प्रत्याभूतिमा समस्या
उत्पन्न हुने र
अर्कोतिर संशोधनको वहानामा ऐनको
भावनासँग खेलवाड हुन सक्ने
सम्भावना । यस्तोमा
प्रस्तुत विषयमा निकै संवेदनशील
र चनाखो रहनु
आवश्यक छ ।
मंसिरमा चुनाव हुने निश्चितप्रायः
भएको अवस्थामा आगामी
साढे चार महिनाका
लागि आयोगको पदपूर्ति
गर्न हतार गर्नु
जरुरी छैन ।
चुनावपछि ऐनको प्रावधानअनुसार
बन्ने सिफरिस समितिले
आफ्नो कार्य विधिवत
सम्पादन गर्नेछ । यसैगरी
पदपूर्तिका लागि कुनै
अन्य वैकल्पिक उपाय
खोज्नु पनि श्रेयस्कर
हँुदैन । वर्तमानमा
आयोगको कर्मचारी नेतृत्वमाथि विश्वास
गर्नुको विकल्प छैन ।
आयोगका सचिवले त्यहीँ लामो
समय रहेर निकै
अनुभव आर्जन गरेका
छन । वर्तमानमा
तिनबाट ऐनको भावनाविरुद्धको
कार्य हुने विश्वास
गर्न सकिँदैन ।
रह्यो पुनरावेदकीय अधिकारको
कुरा, सेवाग्रहीले पनि
यतिखेर चनाखो हुनु आवश्यक
छ । उजुरीसम्म
त सम्बोधन हुने
अवस्था छँदैछ, यसमा कुनै
समस्या छैन ।
आवश्यकता परेछ नै
भने बरु आयोग
गठन नहुँदासम्मका लागि
पुनरावेदनको किनाराका लागि अदालत
जानु उपयुक्त हुनेछ
। यसो गर्दा,
सूचनाप्राप्तिका लागि केही
समय पर्खनु त
पर्ला तर दीर्घकालसम्म
ऐनको भावनाको रक्षा
भने भइरहनेछ र
जनताको औजार जनतासँगै
रहने अपेक्षा गर्न
सकिन्छ ।
अन्नपूर्ण पोष्ट २०७० असार
२५
No comments:
Post a Comment