नेपाल–भारत नुन–तेल सम्बन्ध
धर्मेन्द्र झा
केही दिनअघिको कुरा हो । काठमाडौं उपत्यकामा नुनको अभाव छ भन्ने चर्चा व्यापक थियो । खाना पकाउने ग्यासलगायतका पेट्रोलियम पदार्थ र विद्युतको अभावको कुरा त निकै पूरानो भइसकेको थियो । एक मित्रले यस पंक्तिकारलाई भनेका थिए –यहाँं नुन चिनी सबैको अभाव छ बुझ्यौ, श्रीमतिको माइत बोर्डरतिर हो, उतै जाँदैछिन । पर्किँदा नुन–तेल, चिनीलगायत अन्य घरेलु सामान लिएर आउनु भनेको छु । उनी भनिरहेका थिए–कत्ति समस्या भोगिरहनु ? यहाँ त केही पनि पाइन छोड्यो, सँधै अभावैअभाव । देश त भन्नु मात्रै भयो । भूगोल र सरकारले मात्र त देश भएको अनुभूति हुँदैन । उताबाट केही उपभोग्य सामान आइहाले केही दिनलाई राहत मिल्न सक्छ । नेपालको वर्तमान अवस्थालाई दृष्टिगत गर्ने हो भने मेरा ती मित्रको भनाई एक किसिमको भोगाईको अभिव्यक्ति हो जो अत्यन्त स्वाभाविक छ ।
केही दिनअघिको कुरा हो । काठमाडौं उपत्यकामा नुनको अभाव छ भन्ने चर्चा व्यापक थियो । खाना पकाउने ग्यासलगायतका पेट्रोलियम पदार्थ र विद्युतको अभावको कुरा त निकै पूरानो भइसकेको थियो । एक मित्रले यस पंक्तिकारलाई भनेका थिए –यहाँं नुन चिनी सबैको अभाव छ बुझ्यौ, श्रीमतिको माइत बोर्डरतिर हो, उतै जाँदैछिन । पर्किँदा नुन–तेल, चिनीलगायत अन्य घरेलु सामान लिएर आउनु भनेको छु । उनी भनिरहेका थिए–कत्ति समस्या भोगिरहनु ? यहाँ त केही पनि पाइन छोड्यो, सँधै अभावैअभाव । देश त भन्नु मात्रै भयो । भूगोल र सरकारले मात्र त देश भएको अनुभूति हुँदैन । उताबाट केही उपभोग्य सामान आइहाले केही दिनलाई राहत मिल्न सक्छ । नेपालको वर्तमान अवस्थालाई दृष्टिगत गर्ने हो भने मेरा ती मित्रको भनाई एक किसिमको भोगाईको अभिव्यक्ति हो जो अत्यन्त स्वाभाविक छ ।
उपभोग्य सामानको मूल्यवृद्धि र अपार्यप्तताको कुरा सामान्य बनिसकेको आमउपभोक्ताको बुझाईलाई अन्यथा मान्न सकिने अवस्था रहेन । दैनिक उपभोग्यका सामग्री मूल्यवृद्धिपछि पनि सहज रुपमा उपलब्ध हुँदो हो त उपभोक्ताले जसोतसो चित्त बुझाउँथे तर मूल्य तिरेर पनि सहज रुपमा आवश्यक सामग्री उपलब्ध नहुने अवस्थालाई के भन्ने ? आमउपभोक्ता रनभुल्लमा पर्नु स्वाभाविक हो । आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्नु र नागरिकका आवश्यकताको पूर्ति गर्नु कुनै पनि देशको कुनै पनि सरकारको मूल काम कर्तव्य हो । जब नागरिकका दैनन्दिनका आवश्यकताहरु पूरा गर्न नसक्ने अवस्थाको सिर्जना हुन्छ । तब त्यहाँको सरकार असफलतातर्फ उन्मुख भयो भनेर बुझ्नुपर्छ । नेपालका सन्दर्भमा पनि अब यस्तै सोच्नेबेला भइसकेको छभन्दा असान्दर्भिक हुँदैन । एउटा सरकारले आफ्नो देशमा जनताका लागि आवश्यक सामग्री आफू स्वर्यले उत्पादन गरेर जुटाउन नसकेको अवस्थामा उसले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेर भए पनि जनतालाई राहत दिने सामग्रीको जोहो अन्यत्रबाट पनि गर्न सक्नुपर्छ । तर कताकता पछिल्लो दिनमा नेपाल यस्तो कूटनीति सम्पादन गर्न पनि असफल सावित भइरहेको अनुभव गरिएको छ । यसै सन्दर्भमा यहाँ नेपाल र भारतको सम्बन्धबारे चर्चा गर्नु उपयुक्त हुन्छ ।
नेपाल र भारतको सम्बन्ध शताव्दियौं पूरानो सम्बन्ध हो । नेपाल भारत सम्बन्ध कहिले सुरु भयो भन्नेबारेमा आधिकारिक रुपमा केही भन्न सकिँदैन । समग्रमा भन्नुपर्दा यो सम्बन्ध इहिासभन्दा पनि पूरानो छ । दुवै देशको सम्बन्ध जनस्तरको सम्बन्ध हो । जो आपसी संस्कृतिमा आधारित छ । दुवै देशका जनताको सम्बन्ध ‘रोटी र बेटी’को सम्बन्ध हो । रक्तसम्बन्धसँग साटिएको यो सम्बन्ध सहकार्य र सहअस्तित्वको सम्बन्ध पनि हो । नेपाल र भारत दुवै देशका जनता एक अर्काको देशमा रोजगारीमा छन भने दुर्वै देशका जनताबीच विवाहलगायतका विभिन्न संस्कारगत कार्य पनि हुने गरेका छन । यस आधारमा भन्नुपर्दा नेपाल र भारतबीच विशेष सम्बन्ध स्थापित छ । यस्तो सम्बन्ध अन्य देशमा विरलै पाइन्छ । हिन्दुहरुका आराध्य देव देवी राम र सीताबीचको वैवाहिक सम्बन्ध यस सन्दर्भमा महत्वपूर्ण मानिन्छ । पारम्परिक रुपमा विकसित दुवै देशको सम्बन्ध सहअस्तित्वका आधारमा थप विकसित हुुनुपर्छ भन्ने अपेक्षा गरिनु अस्वाभाविक होइन । तर वेलावखतमा विकसित हुने राजनीतिक घटनाक्रमले दुवै देशका जनतालाई झस्काउने गरेको कुरालाई अस्वीकार गर्न सकिँदैन । वास्तवमा दुवै देशका जनता, जसका बीच वैवाहिकलगायतका सम्बन्ध स्थापित छन, लाई राजनीतिले खासै छुँदैन र छुनु पनि हुँदैन । दुवै देशमा दुवै देशका विभिन्नखाले नाता कुटुम्ब छन, जसलाई राजनीतिले छुने अवस्थाको कल्पनासम्म गर्न सकिँदैन । खासगरी नेपालका सम्बन्धमा भन्ने हो भने स्थिति झनै संवेदनशील छ । हामी आफ्नो आवश्यकता स्वर्य पूरा गर्न सक्ने अवस्थामा छैनौ । हाम्रा आवश्यकता पूरा गर्न पनि विगतको ‘रोटी बेटी’ को सम्बन्धलाई महत्व दिनुपर्ने कुरालाई ठाडै अस्वीकार गर्न सकिने स्थिति छैन ।
नेपालले आफ्ना छिमेकीबीच समदूरकिो सम्बन्ध विकसित गर्न सक्नुपर्छ । नेपालको कूटनीतिक सफलता यसैमा निहीत छ । नेपाल र भारतको सम्बन्धको कुरा गर्दा धरातलीय यथार्थलाई विर्सन मिल्दैन
पछिल्लो कालखण्डको विश्लेषण गर्ने हो भने नेपाल–भारत सम्बन्धलाई नुन–तेल सम्बन्धका रुपमा पनि बुझ्नु पर्ने स्थिति छ । विगतको इतिहासको अध्ययन गर्ने हो भने नेपाल र भोटबीचको सम्बन्धलाई नुनका कारण विकसित सम्बन्धका रुपमा लिन सकिन्छ । भोटमा नुन उत्पादन हुन्थ्यो र त्यो नुनको वजार नेपाल हुँदै भारतसम्म विस्तारित थियो । अहिले समय परिवर्तन भइसकेको छ । अहिले भोटबाट नुन आपूर्ति हुँदैन । यसको अर्थ अहिले भोट अर्थात चीनसँग नेपालको सम्बन्ध नै छैन भन्ने होइन । आवश्यकताको संवेदनशीलताका आधारमा सम्बन्धहरुले नयाँं स्वरुप ग्रहण गरेका छन्भन्दा अस्वाभाविक हुँदैन । आपसी सम्बन्धको विश्लेषण गर्नेहरुले नेपाल–भारत सम्बन्धलाई परिवर्तित सन्दर्भमै व्याख्या गर्नु वाञ्छनीय छ । र, अहिलेको परिवर्तित सन्दर्भ के हो भने नुन र तेलजस्ता अत्यावश्यकीय सामग्रीको उपलब्धताका लागि भारतको सहयोग आवश्यक छ ।
नुन र तेल आजका मानिसका लागि अनिवार्य आवश्यकताका सामग्री हुन । आजको नेपालमा नुन र सबै प्रकारका तेल भारतबाट आयात गर्नुपर्ने अवस्था छ । अरु आवश्यकीय कुरा त परै जाओस नुन र तेलजस्तो सामान्य उपभोग्य वस्तुका लागि पनि भारतमै निर्भर रहनुपर्ने अवस्थाले पनि नेपाल र भारतको सम्बन्धको संवेदनशीलता स्पष्ट हुन्छ । यो यथार्थलाई नेपाल र भारत दुवैले विर्सन मिल्दैन । यो त समग्रको कुरो हो । आजको अर्को यथार्थप्रति पनि आँखा चिम्लन मिल्दैन । त्यो के भने, आजको दिनमा नेपालको तराई–मधेशको सम्पूर्ण अर्थतन्त्र एक किसिमले भारतमै निर्भर छ । शायद काठमाडौले यो यथार्थको सम्वेदनशीलता अनुभूत गर्न सक्दैन । काठमाडौले नेपाल भारतबीचको रोटी–बेटी र नुन–तेलको सम्बन्धको यथार्थ आँकलन गर्न नसक्दा कहाँ के प्रभाव पर्छ त्यो त मूल्यांकनको पृथक विषय बन्ला तर तराई–मधेशको सामाजिक संरचनामा प्रतिकूल प्रभाव पर्ने कुरालाई नकार्न सकिँदैन । त्यसो त समान संस्कृतिमा आधारित दुवै देशबीचको सामाजिक संरचनाको यथार्थ नेपालले मात्र बुझ्ने कुरा होइन भारतले पनि आत्मसात गर्न सक्नुपर्छ । राजनीतिक रुपमा नेपाल र भारत दुई देश हुन । यसको हेक्का राखेर दुवै देशले एक अर्काप्रति सम्मान र आदरको भाव व्यक्त गर्नु अपेक्षित छ ।
No comments:
Post a Comment