मधेश, महिला सशक्तीकरण र मिडिया
धर्मेन्द्र झा
नवलपरासी सनइकी दुलारी हरिजन(३६) समाजमा फरक तर विशिष्ट स्थान बनाउन सफल भएकी छन् । सामाजिक आन्दोलनमा महत्वपूर्ण परिचय बनाएकी दुलारी जिल्लामा छोटो समयमै आफूलाई स्थापित गर्न सफल भएकी हुन् । उनलाई जिल्लाबाहिर चिन्नेहरुको कमी छैन । छोटो कद, श्याम वर्ण र फरासिलो व्यवहारकी धनी दुलारी विशेषतः दलित र महिला अधिकारका क्षेत्रमा क्रियाशील छिन । विगत एक दशकअघिदेखि सामाजिक क्षेत्रमा सक्रिय दुलारी सबैलाई दुलार (माया) गर्छिन् र आफ्नो यही व्यवहारबाट जिल्लामा सामाजिक आन्दोलन उठाउने काम गर्छिन् । दुलारी आफ्नो समुदायकी पढे लेखेकी थोरै महिलामध्ये पर्छिन् । आफ्नो विचार स्पष्ट शव्दमा व्यक्त गर्ने दुलारीमा आफू र आफ्नो दृष्टिकोणप्रति कुनै द्विविधा छैन । सामाजिक रुपान्तरणमा आफ्नातर्फबाट महत्वपूर्ण भूमिका निर्वाह हुन सक्ने विश्वास उनमा छ । तर्ककी धनी दुलारी समग्रमा देशको र विशेषतः मधेशको राजनीतिबाट सन्तुष्ट छैनन् । उनमा राजनीति गर्नेले समाजका लागि उल्लेख्य केही गर्न नसकेको धारणा छ । दुलारी राजनीतिको शैली र गतिमा परिवर्तन हुनुपर्ने विचार व्यक्त गर्छिन् । राजनीति र नेताप्रति वितृष्णा व्यक्त गर्दै उनी भन्छिन्–नेताहरु स्वार्थी भए । तिनलाई आफ्नोमात्र ध्याउन्न भयो । समाजको समस्याले तिनलाई पिरोलेन । उनी आगामी मंसिरमा हुने भनिएको चुनावप्रति सचेत छिन् । उनको बुझाइ छ– आगामी निञर्वाचनमा हामी सचेत हुनुपर्छ । फेरि दलहरु भोट माग्न आउँछन्, उनीसँग विगतको हिसाव–किताव माग्नुपर्छ । उनी भन्छिन यसपटक हिसाव मागिन्छ, तिनले चलाएको रकम त हामीले तिरेको कर हो नि ।
सिराहाका श्यामकुमारी साह पनि महिला शसक्तीकरणको माध्यमको रुपमा पछिल्लोसमयमा निक्कै नाम कमाएकी छिन । सिराहा क्याम्पसबाट शिक्षा बिषयमा स्नातक गरेकी श्यामकुमारी जिल्लामा हुने महिला हिंसासम्बन्धी घटना हुँदा पीडितलाई कानुनी रुपमा न्याय दिलाउन कहिल्यै पछि पर्दिनन । जिल्लाका ग्रामीण क्षेत्रमा रहेर पीडित पक्षलाई न्याय दिलाउन उनी पुरुषप्रधान समाजबाट विभिन्न समयमा अपहेलित नभएकी पनि होइनन । तर पनि महिला सशक्तीकरणका क्षेत्रमा उनी जोखिम मोलेर भएपनि क्रियाशिल छिन ।
पछिल्लो समयमा महिला सशक्तीकरण बढ्दै गएको घटना सार्वजनिक भइरहेको अवस्थामा महिला हिंसा पनि उत्तिकै मात्रामा सार्वजनिक भएका छन । केही दिनअघि कहालीलाग्दो एउटा समाचार पत्रपत्रिकामा आयो । रौतहटमा आफनै घरमा सुतिरहेकी १३ बर्षीया वालिका वलात्कारको शिकार हुनुपर्यो । अभिभावकको साथ आफ्नै घरमा सुतिरहेकी बालिका पनि सुरक्षित नरहेको घटनाले के संकेत गरिरहेको ? । पर्सा जिल्लामा विगत दशदिनभित्र बोक्सीको आरोपमा स्थानीय समाजबाट दुईजना महिलाले प्रताडित हुनुपर्यो । एकजनालाई बेक्सीको आरोपमा मानव मल–मुत्र खुवाइषे भभने अर्कीले जीव नै गुमाउन बाध्य हुनुपर्यो । यी घटनाका आधारमा समाज कुन दिशातिर उन्मुख छ ? भन्ने बुझ्न कठीन हुँदैन । हामी सभ्य समाजमा छौ कि जंगली समाजमा छौं भन्ने प्रश्न हरेकको मनमा उब्जिन थालेको छ । महिला हिंसाविरुद्धमा आवाज नउठाइएको होइन । विभिन्न संघसंस्था, नागरिक समाज, प्रेस र अन्य सरोकारवाला सबै महिला हिंसाविरुद्धमा खुलेर वहस गरिरहेको वेलामा दैनिकजसो यस्ता समाचार संचारमाध्यममा आउनु विडम्बना हो । महिला हिंसाविरुद्ध जति कार्यक्रम भइरहे पनि हिंसा घट्नुभन्दा बढदै गएको देखिन्छ । विद्यमान कानुनी व्यवस्थालाई कडाईका साथ कार्यान्वयनमा नल्याइएका कारण दण्डहिनता बढ्दै गएको र यस्ता घटना घटाउने समूह र व्यक्तिहरुको मनोवल बढ्दै गएका कारण हिंसा बढ्दै गएको हो । महिला हिंसाको सबालमा पनि नेपाली प्रेस पछिल्लो समयमा ससक्त बन्दै गएको छ । पहिलो प्रेसको विकास उतिसारो नहुँंदा यस्ता घटना अझ बढी भयावह रुपमा हुने गर्थे । तर पछिल्लो समयमा प्रेसको सशक्तताका कारण यस्ता घटना सार्वजनिक हुन थालेपछि पीडक र राज्यव्यवस्थालाई घटना दोहोरिन नदिन केही मात्रामा भएपनि दबाब पर्दै गएको छ । महिलामाथि अत्याचार भएपनि पुरुषप्रधान समाजमा बोल्यो भने आफ्नै इज्जत जाने डरका कारण पनि घटनाहरु त्यति सार्वजनिक हुन नसकेको अर्को पाटो पनि विद्यमान छ । इज्जतको डरले महिला आफूमाथि भएका अत्याचार आफैभित्र गुम्साएर राख्ने प्रवृतिका कारण पनि हिंसालाई बढाउन थप मलजल पुगेको छ । अहिले जनचेतना र सञ्चारमाध्यमको बढ्दो उपस्थितिले गाउं गाउंका समाचार लुक्न पाउदैनन । तर घटना भइसकेपछि दोषीलाई कस्तो सजाय दिइयो भन्ने बारेमा संचारमाध्यमले खोधिखोजी नगर्दा त्यस्ता व्यक्तिभन्दा पीडित व्यक्ति सार्वजनिक रुपमा प्रचारप्रसारको सामाग्री बन्दै गएका छन ।
महिला सशक्तीकरणका लागि अर्को महत्वपूर्ण पाटो हो– महिलामा लगानी र गरिवी निवारण । यतिवेला प्रकाशोन्मुख तेहै योजनाजस्ता आर्थिक दस्तावेजमा पनि महिलाको स्रोतसाधनमा पहुंच बृद्धि गर्ने विषय र कृषिमा महिलामैत्री प्रविधिको विकास पनि ओझेलमा छन । “लंैगिक समानता तथा महिला सशक्तीकरणका लागि लैगिक भूमिकालाई सशक्त बनाउने” मात्र उल्लेख गर्दा आर्थिक स्रोतसाधनमा पहुंच बृद्धिका कुरा पनि ओझेलमा पर्छन । आर्थिक स्रोतसाधनमा महिलाको पहुंच बृद्धि र प्रवद्र्धन गर्ने खालको कार्यक्रम नराखेसम्म महिलामा वित्तीय संस्थामा पहुच बृद्धि नभएसम्म उत्पादकत्व पनि बृद्धि हुदैन । यस योजनाले राखेको ६ प्रतिशतको आर्थिक बृद्धिदर पनि अपेक्षाकृत बृद्धि हुन सक्दैन । वित्तिय संस्थाको विकास नभएको होइन, तर औपचारिक वित्तीय संस्थामा पिछडिएका र महिलाका पहुंच पुग्न सकेको छैन । दशकयता न्यून आर्थिक बृद्धिदर, बढदो व्यापार घाटा र मुद्रास्फीति दरलाई एउटा सीमाभित्र राख्न नसकिनु समस्या तथा चुनौतीका रुपमा रहेका छन । यी चुनौती समाधान गर्न उत्पादकत्व र उत्पादन बढाउनुपर्ने आवश्यकता छ । गरिबी, भोकमरी समाधानका लागि महिला र किसानको क्षमता विकास गरेमा मात्र उनीहरुको उद्यमशीलतामा विकास हुन्छ, उत्पादन बृद्धि हुन्छ अनि राष्ट्रको आर्थिक बृद्धिदरमा महिला सशक्तिकरणको भूमिका उल्लेख रुपमा देखिनेछ । “ग्रामीण तहमा गरिवीको मारमा परेका महिलाको आर्थिक तथा समाजिक समुन्नतकिा लागि लगानी बढन सकेको छैन,” तेहै योजनाको आधारपत्रमा लेखिएको छ, महिला र पुरुषबीच सामाजिक मूल्य मान्यताका आधारमा कामको विभाजन गरिने प्रथाले अचल र चल सम्पतिलगायतका श्रोत र स्वामित्वका शैली विभेदकारी रुपमा विकास हुंदै आएकाले गरिवी निवारणका लागि गरिब र महिलालक्षित र लैगिक समानताका कार्यक्रममा जोड दिनुपर्ने हुन्छ ।
उदाहरणका लागि शिक्षा, स्वास्थ्यजस्ता उपलब्ध सेवा सुविधालगायत जमिन, संचारक्षेत्र, वित्तीय क्षेत्र कर्जाको उपलब्धता र आर्थिक कारोबारमा महिलाको पहुंच सीमित भएका बिषय महसुस गरियो र केही प्रगति पनि भए । महिलाका लागि प्रसुती भत्ता, विधवा भत्ता, जमिन महिलाका नाममा रजिष्ट्रेशन पास गरेमा २५ देखि ३० प्रतिशत रकम छुट हुनुका साथै महिलालाई प्रत्यक्ष फाइदा दिन निश्चित बजेट विनियोजनका बिषय प्रयोगमा आएका छन । आम पिछडिएका वर्ग र महिला स्वरोजगार, संचार, कृषिलगायतका क्षेत्रमा कार्यरत छन । पछिल्लो समयमा महिलाको क्षेत्रमा देखिएका आमूल परिवर्तनको संवाहकको रुपमा संचारमाध्यमलाई पनि लिन सकिन्छ । संचारमाध्यमकै कारण पछिल्लो समयमा अहिले राजनीतिक दलले आफूलाई लोकतान्त्रिक धारमा उभ्याएर महिलाहरुलाई केही रुपमा भएपनि अघि बढाउन सफल भएका छन । राजनीतिक दलले धेरै दिनुभन्दा केही प्रतिशतसम्म महिलाका लागि स्थान सुरक्षित गरेकालाई त्यति सफल मान्न नसकिएपनि तत्कालका लागि ठिकै हो जस्तो लाग्छ । दलहरुले पनि महिलालाई अगाडि बढाउन आफ्नो पार्टीलाई महिलामैत्री बनाउन जरुरी छ । पार्टीभित्र हुने महिला विभेदलाई अन्त्य गर्नुपर्ने हुन्छ । महिला हिंसालाई सबै राजनीतिक दलले एक स्वरमा विरोध गर्न सके महिला सशक्तीकरण अझ बलियो हुने कुरामा दुई मत छैन ।
सामाजिक रुपान्तरण र संचार
नेपाली समाज वहुलवादी समाज हो । यो यस्तो समाज जहाँ कुनै पनि जातको वहुमत छैन । सबै अल्पमतमा छन । सबैले मिलेर सबैको मुद्दा सम्बोधन गर्नुपर्ने बाध्यात्मक अवस्था हाम्रो समाजले नै सिर्जना गरेको छ । यो तथ्य सबैले आत्मसात गर्नु आवश्यक छ । नेपाली समाजको संरचना अहिले पनि परम्परावादी अवधारणाबाट नै निर्देशित छ । विविध नाममा भेदभाव आदी नेपाली समाजका यथार्थ हुन । यो यथार्थले परम्परावादी सोचको अस्तित्वलाई स्पष्ट गर्दछ । तर आधुनिक मान्यता यो यथार्थभन्दा नितान्त भिन्न छ । समाजले पुरातन मान्यताबाट मुक्त भई नयाँ धरातल खोज्नुपर्छ । यसका लागि समाजमा व्याप्त सबैखाले विभेदको अन्त्य गरी समताको अवधारणा स्वीकारिनु जरुरी छ । सारमा यही अवधारणा नै सामाजिक रुपान्तरणको अवधारणा हो । समाजमा बस्ने सबैको अस्तित्व समताका आधारमा परिभाषित गरिनुपर्छ र सबैको भूमिका पनि त्यही आधारमा खोजिनुपर्छ । यति हुन सकेमात्र समाज अग्रदिशामा बढन सक्छ । निश्चित रुपमा समाजलाई सकारात्मक दिशामा रुपान्तरित गर्न मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । आजको विश्वमा मिडियालाई समजको साझा मंचका रुपमा स्वीकारिन्छ । साँच्चै मिडिया साझा मंच हो भने यसले समाजका सबै वर्ग, समुदाय र व्यक्तिलाई सम्बोधन गरेर सन्तुलनकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ । समावेशी एउटा माध्यम हो । समाज रुपान्तरणका दिशामा मिडियाले हिजोको तुलनामा आज गर्न त धेरै गरेको छ तर पर्याप्त छैन । अझै गर्न धेरै बाँकी छ । लोकतन्त्रको प्रभाव पछिल्लो दिनमा महिलामा परेको छ । महिलाको अवस्थामा तुलनात्मक रुपमा सुधार भएको छ । अझै धेरै गर्न बाँकी छ ।

No comments:
Post a Comment