सार्थक संवाद
धर्मेन्द्र झा
अडिट
एक सानो फल्याकमा गाडिएको एउटा ढलान किलामाथि सोही आकारको अन्य १२ वटा किला बिनाकुनै बाह्य सहयोग अड्याउनुपर्ने अभ्यासमा सहभागी थिए- पाँचथर जिल्लाका राजनीतिक दल र सामाजिक संघसंस्थाका अगुवा। तीन समूहमा विभाजित भएर कार्य गरिरहेका १८ जनालाई त्यो कार्य असम्भव जस्तै लागिरहेको थियो। निकैबेरको अभ्यास र स्थानीय अनुभव तथा प्रविधिसँग मिल्दोजुल्दो संकेत सहजकर्ताबाट दिइएपछि एउटा समूहले अभ्यासमा सफलता प्राप्त गर्यो। समूहका ६ जना सदस्य खुसीले चिच्याए। त्यतिबेला अर्को समूहले पनि सफलता प्राप्त गर्यो। त्यो समूहका सदस्यले पनि खुसीको अभिव्यक्ति रोक्न सकेनन्। यतिञ्जेल तेस्रो समूहले पनि सफलता प्राप्त गरिसकेपछि सबै खुसीले चिच्याइरहेका थिए।
झट्ट हेर्दा सामान्य झैं लाग्ने यो सफलता र चिच्याहटमा एउटा पक्ष विशेष थियो- सबभन्दा बढी तिनै नेताको चिच्याहटको स्वर चर्को थियो, जो समूहमा अपेक्षाकृत कम सक्रिय थिए। नेपाली कांग्रेसका अध्यक्ष नरेन्द्र र नेकपा-माओवादीका नेता विकास। दुवैजना दुई अलग समूहमा थिए। यो अभ्यास र चिच्याहटमा केही भावना अन्तरनिहित थिए, जो महत्त्वपूर्ण थिए। पहिलो, समूहमा कार्य गर्दा सफलता प्राप्त गर्न सहज हुने रहेछ। दोस्रो, स्थानीय अनुभव र प्रविधिको उचित प्रयोग महत्त्वपूर्ण हुँदोरहेछ। तेस्रो, आफ्नै प्रयासपछि प्राप्त सफलताको स्वामित्व ग्रहण गर्न सहज हुनुका साथै असीमित आनन्द प्राप्त हुँदो रहेछ। चौथो, आपसी सहकार्यका आधारमा जस्तै असम्भव झैं प्रतीत हुने समस्या पनि सम्भव बनाउन सकिँदोरहेछ। पाँचौं, आवश्यकताअनुसार लिइएको बाह्य सहयोगको भूमिका महत्त्वपूर्ण हुँदोरहेछ। छैटौं, नेतृत्वमा सबैलाई समेट्न, समन्वय गर्न सक्ने र सफलता प्राप्तिका लागि प्रेरित गरिरहने क्षमता आवश्यक पर्दोरहेछ र सातौं, एकनासको सोचले समस्या समाधान नहुँदा फरक सोच सहयोगी हुनसक्ने रहेछ। किला-काँटीको उक्त अभ्यासबाट पाँचथरका नेताहरूमा यस्तैयस्तै बुझाइ विकास भएको थियो। आपसी असमझदारी न्यून गरी स्थानीय विकासका लागि आपसमा संवाद परम्परालाई निरन्तरता प्रदान गर्नुको विकल्प छैन।
यो सन्दर्भ हो- संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गतको द्वन्द्व रोकथाम परियोजनाद्वारा पाँचथरका राजनीतिक तथा सामाजिक अगुवाका लागि झापाको बिर्तामोडमा साउनको पछिल्लो तीन दिनमा आयोजित कार्यशालाको। कार्यशालामा राजनीतिक दलहरू किला-काँटी खेलाउँदै आपसमा संवाद गरिरहँदा काठमाडौंमा दलहरू र सरकार संवादका नाममा द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय बातचितमा व्यस्त थिए। त्यसैबखत केही दल जिल्लामा चुनावी वातावरण बनाउने प्रयास गरिरहेका थिए भने नेकपा-माओवादी र उसका सहयोगी दल भ्रातृ संगठनको सहयोगमा चुनाव बहिष्कारको अपिलयुक्त पर्चा बाँडिरहेका थिए। उपर्युक्त स्थिति नितान्त फरक चित्र हुन् तर एकअर्कासँग सम्बद्ध छन्। यो सबै अवस्थालाई संवादको लोकमार्गमा ल्याएर छलफलको विषय बनाउन सकिन्छ।
संवाद निरन्तर प्रक्रिया हो। एकैपटकको बातचितबाट सबैखाले समस्याले सम्बोधन प्राप्त गर्न सक्छन् भन्ने होइन। यसका लागि समस्याको पहिचान महत्त्वपूर्ण पक्ष हो। त्यसका लागि पनि संवाद आवश्यक पर्छ। संवादको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो- सरोकारवालाहरू आपसमा बसेर एकअर्काको कुरा सुन्नु। यसका लागि आवश्यक वातावरण तयार हुनुपर्छ। पूर्वतयारी आवश्यक छ। संवाद रामवाण नै हो त भन्न नसकिएला तर यसको विकल्प छैन। आवश्यकताअनुसारको उपयुक्त सहजकर्ताको उपस्थितिमा प्रत्येकखाले समस्या समाधानका लागि संवादले उचित पृष्ठभूमि भने निर्माण गर्न सक्छ। विश्वास संवादको महत्त्वपूर्ण सर्त वा तत्त्व हो। अविश्वासको अवस्थामा सहज संवाद सम्भव छैन। कम्तीमा बिर्तामोडका सहभागीले अब संवादको महत्त्व, औचित्य, प्रक्रिया र सर्तका बारेमा बुझेका छन्। विगतमा भेट्दा हात मिलाउन पनि असजिलो मान्नेहरूले अर्काका भरमा आफ्नो शरीर सुम्पिएको दृश्य कम महत्त्वपूर्ण थिएन। उनीहरूले एकअर्कामा विश्वास गर्नसक्ने अवस्थाको निर्माण भएको छ। यस आधारमा के अपेक्षा गर्न सकिन्छ भने बिर्तामोडमा अभ्यास गरेजस्तै पाँचथरमा अब दलहरूबीच संवादको निरन्तर प्रक्रियाको थालनी हुने अपेक्षा गर्न सकिन्छ।
संवाद प्रक्रियामा सामुन्नेको पक्षको अस्तित्वको स्वीकृति महत्त्वपूर्ण हुन्छ। पाँचथरका अगुवाले यो यथार्थ अब राम्रैसँग बुझेका छन्। संवादका नाममा आफ्ना धारणा मात्र थोपर्ने वा परम्परादेखि स्वीकृत भई आएका दृष्टिकोणमा मात्र सहमति खोज्ने प्रयत्न हुन्छ भने सायद त्यो संवाद होइन सम्भवत: त्यो विवाद हो। यस अर्थमा विश्लेषणको प्रयत्न गर्ने हो भने विगतमा सरकार र ठूला चार दलले गरेको भनिएको संवादको प्रक्रिया तर्कसंगत थियो वा थिएन भन्ने प्रश्न गर्न सकिन्छ। यति मात्र होइन, पक्षहरू सायद बिनापूर्वाग्रह प्रस्तुत हुन नसकेकाले पनि संवादले सार्थक आकार ग्रहण गर्न नसकेको हुनुपर्छ। संवादमा आफ्ना भनाइ राख्नुका साथै अर्काको कुरा खुला हृदयले सुन्ने र असहमतिलाई स्विकार्दै समानताको खोजी गर्ने अनि त्यसै आधारमा भविष्यको यात्रा तय गर्ने अपेक्षा गरिन्छ।
माथिकै यथार्थलाई पाँचथरका अगुवाले आत्मसात गरेका छन् र संवाद तथा सहकार्यमा आधारित सामूहिक नेतृत्वको आवश्यकता पनि बोध गरेका छन्। यसै आधारमा आगामी १० वर्षमा विकासका दृष्टिले जिल्लाको कायापलटको सपना पनि साँचेका छन्। उनले बिर्तामोडमै पाँचथरको विकासको कल्पना गरे। वर्तमानमा उभिएर विगतको समीक्षा गरे। आगामी भविष्यको रूपरेखा कोरे। उनका विकास-कल्पना सिर्जनशील र रचनात्मक छन्। सबभन्दा महत्त्वपूर्ण कुरा तिनले साँचेका सपना असम्भव छैनन्। साँच्चै बिर्तामोडमा अभ्यास गरे झैं आपसमा विश्वास सिर्जना गरेर संवादका माध्यमले किला-काँटीको अभ्यास तिनले गर्न सके भने आगामी १० वर्षमा सोचेभन्दा बढी उपलब्धि प्राप्त हुने निश्चित छ।
कार्यशालामा सहभागी अधिकांशले स्थानीय विकासका लागि स्थानीय जनशक्ति, प्रविधि, स्रोतसाधन र दर्शन आवश्यक रहेको स्विकारेका छन्। यसका लागि स्थानीय नीति र नेतृत्व नै निर्णायक हुने बुझाइ पनि उनीहरूले विकास गरेका छन्। काठमाडौं बसेर राष्ट्रिय राजनीति गर्नेको बुझाइ र सोच स्थानीयभन्दा विपरीत हुने उनको ठम्याइ थप प्रेरणादायी छ। यो सबै त्यसबखत मात्र सम्भव हुन सक्नेछ, जब उनीहरू यथार्थमा संवाद गर्न थाल्नेछन्।

No comments:
Post a Comment