सांस्कृतिक एकताको प्रतीक बन्दै छठ
धर्मेन्द्र झा
देशभित्र त्यस्ता थुप्रै सांस्कृतिक अवयव छन् जसले देशलाई एकतासूत्रमा आवद्ध गर्न मद्दतमात्र पुर्याउँदैन समग्र राष्ट्रियता प्रवद्र्धनमा पनि निर्णायक भूमिका निर्वाह गर्न सक्छ÷गर्दछ । त्यस्तै एउटा प्रतीक हो महपर्व छठ । प्रत्येक वर्ष शुक्ल षष्ठी (प्रदोस षष्ठी)को साँझ र सप्तमाीको विहान सूर्यलाई अघर््य दिई मनाइने यो पर्व चार दिने अनुष्ठान हो । सदा झै यस वर्ष पनि यो पर्व प्रारम्भ भइसकेको छ । शुक्रवार नुहाइ धुवाई अर्थात् शुद्ध हुने क्रमबाट प्रारम्भ भएको यो पर्वअन्तर्गत पर्वको आइतवार मुख्य अनुष्ठानको आयोजना हुँदैछ । पर्वअन्तर्गत शनिवार खरना अर्थात् व्रतालुद्वारा व्रतको प्रारम्भ हुनेछ । सोमवार सूर्यदेवलाई विहानको अघर््य अर्पण गर्दे पारनको आयोजनापश्चात पर्व समापन हुनेछ ।महपर्व छठ पछिल्लो कालखण्डमा एउटा भूगोलमा मात्र सीमित नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको भइसकेको छ । पछिल्लो दिनमा आफ्नो महत्ताका करण यो पर्व विश्वका ती सबै क्षेत्रमा विस्तारित भइरहेको छ । यस अर्थमा आजको सन्दर्भमा यो पर्व अमेरिका, वेलायत, युरोपका विभिन्न देशमा समेत मनाउने गरिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो पर्व आज एउटा खास भूगोलमा मात्र सीमित रहेको पाइँदैन । विगतमा विभिन्न दायित्व, पेशा, रोजगारीका सन्दर्भमा देशका विभिन्न ठाउँमा पुगेका मैथिली÷भोजपुरीभाषीले आफ्नो सुविधाअनुकूल त्यहीँ यो पर्व मनाउने थाले र यो पर्वलाई राष्ट्रिय महत्वको बनाउन भूमिका निर्वाह गरे । पछिल्लो दिनमा यो पर्व, पूर्वी पहाडको पाँचथर, ताप्लेजुंगदेखि पश्चिमको दार्चुला र डोटीलगायतका स्थानमा समेत मनाउने गरिएको पाइएको छ । देशको राजधानी काठमाडौलगायत उपत्यकाका विभिन्न तलाउ—पोखरीमा भव्यतापूर्वक मनाउन थालिएको निकै वर्ष भइसक्यो । २०२०—३०को दशकतिर उपत्यकाको कीतिपुर, वल्खु, कालिमाटी, कुलेश्वर क्षेत्रमा सामान्य ढंगले मनाउने गरिएको यो पर्व पछिल्ला वर्षमा पुरै उपत्यकामा विस्तार हुन पुगेबाट यो पर्वप्रतिको स्वीकृति र यसको सांस्कृतिक एकीकरणको क्षमता स्वतः स्पष्ट हुन आउँछ । र, यसै आधारमा पछिल्लो समयमा यो पर्व राष्ट्रिय एकता निर्माणको एक महत्वपूर्ण प्रतीक बन्न पुगेको छ भन्दा असान्दर्भिक हुँदैन ।
यहाँ सन्दर्भ छठको छ, यसैमा केन्द्रित हुनु उचित हुन्छ । मूलतः यो पर्व सूर्योपासनासँग सम्बन्धित छ । यस पर्वमा सूर्यको उपासना गरी तिनैको पूजा अर्चना गर्ने गरिन्छ । शास्त्रीय मान्यताअनुसार यो पर्व कात्र्तिक शुक्ल षष्ठीको तिथिमा मनाइन्छ । यसलाई प्रदोश षष्ठी पनि भनिन्छ । यो पर्व कहिलेदेखि मनाउन सुरु गरियो त्यसको यकिन गर्न सकिएको छैन । व्यवहारमा मैथिल सभ्यताको प्रारम्भसँगै यो पर्व प्रचलनमा रहेको विश्वास गरिन्छ । यो पर्वको उपासना विधिको विश्लेषण गर्दै गएका खण्डमा यो पर्व मूलतः प्रकृतिपूजनसँग सम्बन्धित रहेको पाउन सकिन्छ । यो पर्व जलाशाय, नदी, पोखरी, ताल तलैयालगायतका जलस्रोत क्षेत्रमा उपस्थित भई सूर्यको उपासना गरी मनाइन्छ । पर्व मनाउने क्रममा जलस्रोत र सम्बन्धित क्षेत्रको शुद्धता र सफाईमा विशेष ध्यान दिइन्छ । यो शुद्धता र सफाईको कार्यले जल जीवनदायिनी हो र यसको संरक्षण र शुद्धता सृष्टिको कल्याणका लागि अपरिहार्य छ भन्ने सन्देश दिन्छ । यस पर्वमा चढाइने वस्तुहरु पनि प्रकृतिमै आधारित छन् । जस्तै उखु, वोटसमेतको वेशार र त्यसबेला उपलब्ध अन्य कृषि—खाद्य सामग्री । यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै सिकाउँछ । यसैगरी यो पर्वको केन्द्रीय पूजनीय तत्व हो सूर्य । सूर्यलाई शक्ति मानिन्छ । यस आधारमा यो पर्व शक्ति पर्व पनि हो । सूर्य ऊर्जाकेन्दै हो । यसै ऊर्जाले प्रकृति—सृष्टि संचालित छ । ऊर्जाको अनुपस्थितिमा जीवन संचालन हुनै सक्दैन । यस आधारमा सूर्यप्रति अनुग्रहित हुने पर्वका रुपमा पनि छठ पर्वको महत्व छ । मूलतः नेपालको मध्य तथा पुर्वी तराई—मधेशमा हर्षोल्लास र बडो श्रद्धापूर्वक मनाइने महापर्व छठ उदाउँदो र अस्ताउँदो सूर्यको उपासना गरी मनाइने गरिन्छ । यो पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्ममूल्यांकन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ्य भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ । यो पर्वलाई स्वास्थ्य, निरोगिता र सन्तानप्राप्ति र कल्याण तथा परिवारको उन्नति र रक्षाको पर्वमा श्रद्धापूर्वक मनाइन्छ ।
माथि चर्चा गरिसकियो, यो पर्वले विस्तारै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गरिरहेको छ । छठ पूजाघाटको उपस्थिति विश्लेषणले पनि यो पुष्टि गर्दछ । सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन त्यसरी नै छठ पर्वले पनि कसैलाई भेदभाव गर्दैन । पूजा र उपासनामा कसैलाई निषेध गर्दैन । छठ घाटमा मधेशीमात्र उपस्थित हुँदैनन । हिन्दूमात्र पनि उपस्थित हुँदैनन । सम्पन्न, धनी र हुनेखानेमात्र सहभागी हुँदैनन । जातपातका आधारमा छुवाछुत देखिँदैन । छठ पर्वप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति हुँदैन । सबैले आत्मसम्मान र प्रतिष्ठासहित जीवनयापन गर्न सकून, छठ पर्वको सन्देश विश्लेषण गर्ने हो भने पनि सारमा यही कुरा बुझ्न सकिन्छ—सर्वजन हिताय सर्वजन सुखाय । जहाँ आस्था हुन्छ त्यहाँ विश्वास हुन्छ । संशय र आशंका हुँदैन । छठका सन्दर्भमा यो दृष्टिकोण स्पष्टतः दृष्टिगोचर हुन्छ ।
No comments:
Post a Comment