नयाँ वर्षमा मेलमिलाप
धर्मेन्द्र झा
अंग्रेजी क्यालेण्डरअनुुसारको नयाँ बर्ष २०१६मा हामी आजदेखि प्रबेश गरेका छौ । यो नयाँ बर्षलाई नेपाली जनताका लागि स्मरणीय र ऐतिहासिक बनाउनका लागि हाम्रामाझ थुुप्रै चुनौतीसँगै अबसरहरु पनि उपस्थित छन् । मानिसको सामान्य प्रवृत्ति आशावादी हो । आशाले भविष्यनिर्माणलाई सघाउन मद्दत गर्छ । जीवनलाई डोर्याउन विगतका तीतामिठा विर्सेर भविष्यप्रति आश्वस्त हुनैपर्छ । यस आधारमा पनि प्रष्टरुपमा भन्नुुपर्दा सुन्दर भविष्यनिर्माणका सन्दर्भमा थुप्रै कामहरु गर्नुपर्ने बर्षका रुपमा सन् २०१६लाई हामीले स्वागत गर्नुपर्छ÷गरेका छौ । हामी एकातिर अझै भुुकम्पबाट हल्लिरहेका छौ, नाकाबन्दीले थलिएका छौ, मधेश आन्दोलनले रापिएका छौ । अर्कोतिर हामी आफैले ठूलो संघर्ष र मेहनतवाट बनाएको संबिधानलाई सर्वस्वीकार्य बनाउन सकिरहेका छैनौ । संविधानका महत्वपूर्ण विशेषताको रुपमा रहेको संघीयतालाई हामीले अभ्यासमा लैजान सकिरहेका छैनौ र संबिधान संसोधन गर्नैपर्ने आवश्यकताबोधसहित कार्यान्वयनको चुनौतीको अवस्थामा उभिएका छौ । यी सबै कुराहरुमा सही व्यबस्थापकीय क्षमता देखाउदै मुलकलाई कुशल नेतृत्व प्रदान गरी एउटा गति दिनका लागि प्रशस्तै काम गर्नुपर्ने बर्षका रुपमा ०१६ उभिएको छ ।
परिस्थितिले महत्वपूर्ण अभिभाराका साथमा नयाँ वर्षलाई उपस्थित गराइदिए पनि त्यो अभिभारा पुुरा गरिनेछ भन्ने कुरामा भने अझै पनि शंका छ । उल्लिखित अभिभाराहरु पुरा गर्नका लागि सबैभन्दा आवश्यक कुुरा भनेको राजनीतिक नेतृत्वका बीचमा संवाद र त्यसआधारमा निर्माण गरिनुपर्ने÷हुनुपर्ने विश्वासको वातावरण हो । अहिले मुलुुकको सबैभन्दा ठूूलो समस्या भनेको संवाद सहजरुपमा हुन नसक्नु र आपसी विश्वास कमजोर हुँदै जानु नै हो । दलहरु जो निरन्तर संवादमा रहनुपर्ने हो, उनीहरु संवादमा बस्ने कुरा भयो भने उनीहरु संवाद गर्दैछन् भन्ने समाचार महत्वपूूर्ण ठानिन्छ । तर, त्यो संवाद पनि निश्कर्षबिना नै सकिएको भन्ने खबरमात्र हात लाग्छ र जनतामा प्रकारान्तरले निराशाको संचार हुन पुग्छ । जुन मुलुकमा दलहरुका बीचमा संवाद हुने कुरा महत्वपूर्ण रुपमा समाचारका रुपमा प्रस्तुत हुन्छ, त्यो मुलुुकमा आपसी विश्वासको अबस्था कस्तो होला भन्ने कुराको अनुमान हामी आफैले सहज रुपमा गर्न सक्छौ ।
भूकम्पपीडितहरु जाडोले कठांग्रिएका छन् । कथित नाकाबन्दीले नछोएको कुनै क्षेत्र छैन । मधेस आन्दोलनले यो जाडो मौैसममा पनि सबैलाई पसिना आउने गरी राप दिइरहेको छ । संविधान संसोधन गर्ने कुरामा सैद्धान्तिक रुपमा तैयार देखिए पनि त्यसको प्रक्रिया अगाडी बढाउने सन्दर्भमा अझै साझा धारणा बनिसकेको छैन । पुनर्निर्माण प्राधीकरणसम्बधी ऐन निर्माणमा देखिएको ढिलाइले नेतृत्व मुख्य समस्याप्रति सजग छैन भन्ने देखायो । नाकाबन्दी लम्बिइरहदाँ नेतृत्व कूटनैतिक क्षमतामा कमजोर रहेको देखियो । मधेश आन्दोलनलाई देशभित्रकै शक्तिहरुका बीचको संवादबाट निकास दिनुपर्छ भन्ने कुरामा न त सरकार गम्भीर देखियो, न त आन्दोलनरत मधेसी मोर्चा नै जिम्मेबार बन्न सक्यो । आन्दोलनले पहाड र हिमालमा मात्र सकस निम्त्याएन आन्दोलनको भूमीमै समेत जनजीवन नराम्ररी प्रभावित बनायो । लगातार चार महिनाभन्दा बढी समयको आन्दोलनले मधेशको राजनीतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र आर्थिकलगायतका सबै क्षेत्रमा प्रतिकूल अवस्थाको सिर्जना गर्यो । जारी आन्दोलनका कारण पहिले नै नकारात्मक रहेको मधेशको आर्थिक सूचक थप ऋणात्मक बन्न पुगेको यथार्थ सबैका सामु छर्लगं छ । यस्ता अबस्था र अन्यौललाई चिर्दै मुुलुुकलाई एउटा गति दिनु आजको पहिलो आवश्यकता हो । यसका लागि फेरि पनि अनिवार्यता भनेकै संवादको हो । समस्या समाधानका सवालमा सहकार्य नै अचूक अश्त्र हो । संवाद र सहकार्यले पैदा गर्ने आपसी विश्वास नै राष्ट्रनिर्माणका लागि महत्वपूर्ण आधार बन्ने निश्चित छ । अब यो आधार तयार गर्न सर्बप्रथम दलहरु आफै भित्रबाट प्रेरित हुन आवश्यक छ । यहाँनिर बिशेषरुपमा ध्यान दिनुपर्ने कुरा के छ भने सहमति भनेको सत्ताको भागबण्डा होइन, अथवा सत्तामा हिस्सेदारीमात्र सहमति होइन । सरकार र बलियो प्रतिपक्षीको उपस्थिति रहेको संसदमा राष्ट्रका तात्कालिन ज्वलन्त समस्याहरु समाधान गर्नका लागि सरकार र प्रतिपक्ष दुुबैका बीचमा हुनुपर्ने आपसी सहकार्य नै अहिलेको अपेक्षित सहमति हो । दलहरुबीचको संवाद र संवादले निर्माण गर्ने अपेक्षा गरिएको विश्वासको परिणाम आजको सन्दर्भमा निकै महत्वपूर्ण छ । मूलुकसामु उपस्थित ज्वलन्त समस्या समाधान गर्ने सहकार्य र त्यो सहकार्य कार्यान्वयन भए नभएको बिषयमा हुने खबरदारीको वाचा—वन्धनको कार्य पनि यसै संवाद प्रक्रियाबाट मात्र सम्भव हुन सक्छ । हाम्रो दूूर्भाग्य नै मान्नुपर्छ, अहिलेको सत्ता गठबन्धनले सहमती र सहकार्यलाई यसरुपमा बुुझ्न सकिरहेको छैन । उसले त सहमति भनेको सबै दलहरुको साझा सरकार भन्नेमात्र बुुझ्यो, जुन बुुझाईले आफैमा समस्या मात्र पैदा गरिरहेको छ । यस्तो बुुझाईबाट सत्ता गठबन्धन मुक्त भई मुलुकका ज्वलन्त समस्याहरुलाई संवाद र संसदमा प्रबेश गराएर निकास खोज्नुपर्ने अवस्थामा मुुलक उभिएको छ । तर, संसदलाई यो ‘विजनेश’ नदिएरै भाषण, उखान र लाञ्छनाका साथै मन्त्रीको संख्या थप्नुलाई रक्षाकवच सम्झिएर त्यसैका आधामा मात्रै सत्ता टिकाउने मानसिकता सत्ता गठबन्धमा देखिन थालेको छ जो अनुपयुक्त र अप्रासंगिक छ । यो मानसकिताको अन्त्य र संवाद गर्ने थलो, विश्वास पैदा गर्ने थलोका रुपमा संसदलाई ग्रहण गर्दै त्यहीबाट समाधान खोज्न सकिन्छ भनी प्रतिपक्षी शक्तिसँग सहकार्यको वातावरण निर्माण गर्न सत्ता गठबन्धन तैयार हुनु आबश्यक छ । समस्या पहिचान गर्न पनि नसक्ने, तिनको समाधानका लागि राम्रो उपायको खोजी गर्न पनि नसक्ने र देशका ज्वलन्त समस्याहरुका बारेमा खुला छलफल गर्न पनि तैयार नहुने प्रबृत्ति नै यतिबेला सबैभन्दा खतरनाक बिषयका रुपमा हाम्रासामुु उपस्थित छ । नयाँ बर्षको स्वागत गरिरहदाँ यो पवृत्तिको अन्त्य हुने विश्वास गर्नु अपेक्षित छ । यो विश्वासमाथी तुुषारापात भएन भने मात्र नयाँ बर्षलाई नेपाली जनताका लागि स्मरणीय र ऐतिहासिक बनाउन सकिने छ । राजनीतिमा चुनौतिको सामना गर्न तयार नरहनेले इतिहासमा आफ्नो नाम लेखाउन सक्दैन पनि भन्ने गरिन्छ । अहिले हाम्रासामु उपस्थित चुनौतिहरु समकालिन नेतृत्वका लागि इतिहासमा आफ्नो नाम लेखाउने स्वर्णीम अवसर हो । यो कुराको बोध सर्वप्रथम राजनीतिक नेतृत्वलाई नै हुुनुुपर्ने हो । तर बिडम्बना, अहिलेसम्म राजनीतिक नेतृत्वले यस्तो बोध गर्न सकेको पाइँदैन ।
अंग्रेजी क्यालेण्डरको नयाँ बर्षको प्रारम्भ र गत वर्ष २०१५को अन्तिम दिनमा हामिले मेलमिलाप दिवस पनि मनाएका छौ । देशको राष्ट्रियता जोगाउनका लागि घरेलु शक्तिहरुबीचको एकता जरुरी हुन्छ भन्ने महत्वपूर्ण सन्देश दिनका लागि बिपि कोइरालाले ०३३ सालमा मेलमिलापको नीति प्रतिपादन गरेका थिए । आज पनि हाम्रासामुु राष्ट्रियता जोगाउन र यसलाई बलियो बनाउनका लागि भूमिका खेल्नुपर्ने आवश्यकता छ । नयाँ बर्षलाई ऐतिहासिक बनाउनका लागि मेलमिलापको नीतिको सन्देश ग्रहण गर्दै अगाडि बढ्न समकालिन नेतृत्व प्रेरित हुन जरुरी छ । वीपी कोइराला ०३३ सालमा नेपाल फर्कँदा सत्तामा सहमति गर्न आएका थिएनन् । साझा समस्या समाधान गर्न सबै एकै ठाँउमा हुनुपर्छ भनेर तत्कालिन सत्तालाई चुनौति दिदै आफ्नो दायित्व निर्वाह गर्न झकझकाउन उनी प्रवासबाट स्वदेश फर्किएका थिए । अहिले पनि सबैले सबैको दायित्व सम्झाउन झकझकाउनुपर्ने अवस्था हाम्रासामु उपस्थित छ । मेलमिलापको नीतिले दिने परिणाम नै असलीरुपमा राष्ट्र निर्माणको अचुक अस्त्र हुने छ । तर, मेलमिलाप भनेको सत्ताको भागशान्ति हुँदै होइन, यो त राष्ट्रका ज्वलन्त समस्याहरु समाधान गर्ने चाहनाका साथ मन र मस्तिष्कवाट प्रकट हुने दायित्वबोध हो भन्ने कुरा बुुझ्नु भने जरुरी छ । राष्ट्रिय मेलमिलापको नीति भनेको देश बनाउने भावनाको जागरण, देश बनाउने कार्यनीति, रणनीति पनि हो र सबैभन्दा ठूलो कुरो दलीय स्वार्थभन्दा माथि उठेर जनताको हितका लागि ज्यानको बाजीसमेत थाप्न तयार हुनका लागि प्राप्त हुने प्रेरणा हो । त्यसैले मेलमिलाप दिवसवाट प्रेरित भएर हाम्रा अगाडी उपस्थित भएका चुनौतिहरुलाई अवसरमा रुपान्तरित गर्दै देशलाई गति दिन सबैको भूमिका यतिबेला अपेक्षित छ । यो सबै प्रक्रियालाई टुंगोमा पुर्याउने माध्यम भनेको संवाद नै हो ।
विपिको मेलमिलाप नीतिको सूक्ष्म विश्लेषण गर्ने हो भने पनि यसको अन्तर्यमा संवादको कालजयी भावना नै अन्तरनिहीत रहेको पाउन सकिन्छ । यसआधारमा मुलुकका सामु उपस्थित समस्याहरुको समाधान र सम्बोधन संवादबाटै हुन सक्छ भन्ने अपेक्षा अनुचित होइन । यो अपेक्षा पुरा भएमा सन् ०१६ हाम्रा लागि ऐतिहासिक बर्ष बन्न सक्ने निश्चित छ । नयाँ वर्ष २०१६को सबैमा शुभकामना ।
गोरखापत्र ःपुस १७, २०७२, व्बल ज्ञ द्दण्ज्ञट
No comments:
Post a Comment