Thursday, September 10, 2015

101st BP Jayanti

सन्दर्भ ः १०१ औ विपि जयन्ती

वर्तमानको कसीमा बीपीको संचार दृष्टिकोण

धर्मेन्द्र झा

लोकतन्त्र र स्वतन्त्र प्रेसबीच गहिरो सम्बन्ध छ । दुवै एक अर्काका पूरक हुन । लोकतान्त्रिक शासनविना स्वतन्त्र प्रेसको कल्पना गर्न सकिँदैन भने स्वतन्त्र प्रेसको उपस्थितिविना लोकतन्त्रको पनि कल्पना गर्न सकिँदैन । अमेरिका र बेलायतका कफी सपबाट सुरु भएको पत्रकारिताको परम्पराले नेपालमा पनि सय वर्ष नाघिसकेको छ । नेपालमा स्वतन्त्र पत्रकारिताको थालनीको प्रयास १५ सालको निर्वाचित सरकारको समयमा भएको हो तर वास्तविक अर्थमा स्वतन्त्र पत्रकारिताको विकास यात्रा २०४६ सालको परिवर्तनपछि मात्र सम्भव हुन सकेको हो भन्दा अत्युक्ति हुने छैन । २०४६ सालको परिवर्तनअघि साप्ताहिक अखबारहरूले पत्रकारिता र राजनीतिक चेतना वृद्धिका निम्ति पु¥याएको योगदान बिर्सन मिल्दैन ।

नेपाल अधिराज्यको संविधान २०४७ ले पहिलोपटक पत्रपत्रिकाको दर्ता खारेजी नहुने र प्रेस जफत नहुने प्रावधान राखेपछि ठूलो लगानीमा अखबारको स्थापना हुने थाल्यो । यसको थालनी २०४९ फागुन ७ गतेदेखि कान्तिपुर र द काठमाडौं पोष्टको प्रकाशनबाट भयो । यसअघि ब्रोडसिट आकारमा निजी क्षेत्रबाट पत्रपत्रिका प्रकाशन हुने गरेका थिएनन् । निजी क्षेत्रबाट प्रकाशित हुने साप्ताहिक अखबारहरूले प्रमुख मिडियाको भूमिका निर्वाह गरेका थिए । ब्रोडसिट अखबारमा सरकारी अखबार गोरखापत्र र द राइजिङ नेपालकै बर्चस्व थियो ।
केही वर्षअघिसम्म हामीकहाँ अखबार मिडियाको पर्यायका रुपमा प्रयुक्त थियो । आज मिडियाको आयाममा व्यापक परिवर्तन आएको छ । छापा संचारमाध्यमसँगै विद्युतीय संचारमाध्यमको यथेष्ट विकास भएको छ । नेपालमा अहिले करिब चार सय ५० रेडियोले संचालन स्वीकृत प्राप्त गरेका छन जसमा तीन सय सत्तरीभन्दा बढी संचालनमा छन । यस्तै एक दर्जन बढी टेलिभिजन संचालनमा छन । अनलाइन माध्यमको पनि व्यापक विकास भएकको छ । अनलाइनको विकाससँगै मिडिया वहुआयामिक भएको छ । अहिले अनलाइन माध्यम सशक्त मिडियाका रुपमा देखिइसकेको छ ।
जस्तोसुकै प्रविधि आए पनि आखिर पत्रकारिताको आधारभूत गुण एउटै हो । जुन मिडियालाई प्रयोग गरे पनि सिर्जनशील प्रस्तुतिले तानिहाल्छ । महत्वपूर्ण पक्ष माध्यम होइन, त्यसमा हामीले कस्तो सामग्रीलाई प्रस्तुत गर्छौं, त्यो हो । स्वतन्त्र पत्रकारिता लोकतन्त्रको पहिलो आवश्यकता र शर्त दुवै हो । यसको सम्बन्ध जनताको सूचनाको हकको प्रत्याभूतिसँग छ । स्वतन्त्र पत्रकारिताको अभावमा जनता निर्वाध रुपले सूसुचित हुने अवसर पाउँदैनन र सूचनाको हकको अनुपस्थितिमा लोकतन्त्र छ भनेर कहीँ दावी गरिन्छ भने त्यो फगत दावी मात्र हुनेछ । यस परिदृश्यमा लोकतन्त्रको यो महत्वपूर्ण औजारलाई जोगाइरहने अभिभारा संचारकर्मीहरुको काँधमा जान्छ । यस्तोमा पत्रकार बलियो नभई पत्रकारिता र लोकतन्त्र बलियो हुन नसक्ने यथार्थ हामी सबैले बुझ्नु जरुरी छ र पत्रकारलाई बलियो बनाउन व्यवशायिक बनाउनु आवश्यक छ । व्यावशायिक पत्रकारले मात्र जनअपेक्षित रुपमा संचार सामग्री पस्कन सक्छ ।
माथि नेपालका मिडियाको वर्तमान अवस्थाका बारेमा चर्चा गर्ने प्रयास गरियो । तर विश्लेषण गर्ने हो भने वर्तमामनको यो अवस्थाको आधारशीला २०१५ सालमा महामानव बीपी कोइरालाको प्रधानमन्त्रित्वमा गठित नेपाली कांग्रेसको सरकारले राखेको स्पष्ट हुन्छ । त्यसो त त्यसभन्दा पहिले पनि नेपालमा मिडिया र अखवारिता हुँदै नभएको भने होइन । गोरखापत्र प्रकाशनमा थियो । केही छिटफूट अन्य समाचारमूलक अखवार थिए । केही साहित्यप्रधान प्रबकाशन पनि अस्तित्वमा थिए । तर स्वतन्त्र र व्यवशायिक पत्रकारिताको नितान्त अभाव थियो ।
महामानव बीपीको १८ महिने कार्यकालमा देश विकासका लागि र समाज उत्थानका लागि भएका कामहरु अत्यन्तै उत्साहजनक र दीर्घकालीन महत्वका थिए । तीमध्ये प्रमुखतः भूमिबाट सामन्ती शोषण समाप्त गर्न र जमीनमा किसानको अधिकार सुरक्षित गर्न संसदको प्रथम अधिवेशनले नै कानुनी व्यवस्था गरी कार्यान्वयन गराई कृषि सहकारी बैंकको स्थापनाका लागि आवश्यक व्यवस्था पनि मिलायो । सोही समयमा तात्कालीन सरकार  गाउँको आधारभूत आवश्यकताको परिपूर्तिका लागि शिक्षा, स्वास्थ्य, यातायात एवं संचारको व्यवस्थालाई व्यापक एवं समुचित विकासका लागि कार्यरत रह्यो । गाउँको उन्नति नै देशको उन्नति हो भन्ने सत्यलाई कार्यान्वयन गर्न नेपाली कांग्रेसले २०१५ सालमा आफ्नो सरकार गठन भएपछि देशका प्रत्येक गाउँलाई सुधार्न ठोस कदम चाल्यो । भूमिसुधार र विकासका योजनालाई कार्यान्वयन गर्ने वास्तविक थलो गाउँ नै भएको हुँदा शासनको विकेन्द्रीकरणको निमित्त गाउँलाई नै आधार बनाई ग्रामीण संगठनलाई सुदृढ बनाउने प्रयासको थालनी पनि यसै समयमा भयो । यस्तै गाउँका वेरोजगारलाई भूमिसेनाका रुपमा संगठित गरी कुलो, बाँध, सडक तथा बाँझो जग्गालाई आवाद गर्न कार्यक्रम पनि ल्याइयो । र, यससन्दर्भमा सबैभन्दा महत्वपूर्ण थियो संचारनीति । बीपीले प्रारम्भ गरेका माथिका सबै सुधारका कार्यक्रमलाई निष्कर्षमा पुर्याउन र सरकारलाई सल्लाह र सुझाव दिन तथा खवरदारी गर्न बीपीले स्वतन्त्र प्रेसको भूमिका अपरिहार्य ठाने र नयाँ संचारनीतिको तर्जुमा गर्न अभिप्रेरित भए ।
 बीपीले पत्रकारिता र संचारको यो अभावको अनुभव गरे । उनले ठम्याए, स्वतन्त्र व्यवशायिक पत्रकारिताको प्रवद्र्धनविना सरकारको विकास कार्यले त गति लिन सक्दैन नै सरकारलाई खवरदारी गर्ने कुनै स्वतन्त्र निकाय पनि रहँदैन । यतिमात्र होइन स्वतन्त्र प्रेसको अभावमा नागरिकको सुसूचित हुन पाउने अधिकारको पनि रक्षा गर्न सकिँदैन भन्ने बीपीको स्पष्ट धारणा थियो । यसैले उनले प्रेसमैत्री अवधारणा कार्यान्वयनको प्रारम्भ गरे । बीपीले स्वतन्त्र पत्रकारिताको विकासका लागि संरक्षण र प्रवद्र्धनको नीति अख्तियार गरे । उनले पत्रकारिता संचालन तथा स्थापना र त्यसका लागि अनुदान दिने नीतिमा पनि काम गरेका थिए । उनले पत्रकारिताको विकासका सन्दर्भमा छलफल पनि चलाउने गरेको जानकारी पनि पाइन्छ । उनी त्यसवेलाका पत्रकारलाई भेटी पत्रकार कर्मका लागि अभिप्रेरित गर्थे । तर दूर्भाग्य उनी स्वयंले आफ्नो नीतिलाई निरन्तरता दिन सकेनन । अठार महिनामै उनको सरकार अपदस्थ गरियो र पंचायती कालरात्रीको श्री गणेश गरियो । २०४६ को जनआन्दोलनले पंचायतको अन्त्य गर्र्दै संसदीय प्रजातन्त्रको पुनसर््थापना गर्यो । यसपछि मात्र २०१५ को बीपी नेतृत्वको नेपाली कांग्रेसको सरकारले तय गरेको संचारनीतिले निरन्तरता प्राप्त गर्ने वातावरण बन्यो र पत्रकारिता आजसम्मको अवस्थामा आइपुग्न सम्भव हुन सक्यो ।   
सामान्यतः मिडियाले दैनिक सयौं विषयलाई समेट्छ । सार्वजनिक धारणालाई एउटा आकार दिन यसले भूमिका निर्वाह गर्छ । त्यसअर्थमा ‘आवाज विहीनलाई आवाज’ दिनु पनि यसको भूमिका हुन जान्छ । यसै सन्दर्भमा मिडियाले विषय वस्तुको उपयुक्त चयन गरेर सामुहिकताका आधारमा एजेण्डालाई उठाउनु अपेक्षित ठानिन्छ । नेपालमा सबैधानिक र कानूनी रुपमा प्रेस स्वतन्त्रताको प्रत्याभूत गरिएको भएतापनि व्यवहारमा थुप्रै चुनौतीहरु विद्यमान छन् । प्रेस स्वतन्त्रता जोखिममा भएका देशहरुको सूचिमा नेपाल पनि पर्दछ । स्वतन्त्र, नैतिक, सार्थक र व्यवशायिक पत्रकारिताबाट मात्र सामाजिक रुपान्तरण देखी विकासका अभियानहरुलाई सफलताको चुचुरोमा पुराउन सकिन्छ भन्नेकुरामा बिज्ञहरुको मतसँग बीपी पनि सहमत रहेको  पाइन्छ । नेपालको आर्थीक, सामाजिक विकासको गतिमा योगदान पुर्याउन र लोकतान्त्रिक संंस्कृतिको प्रबद्र्धन गर्नका लागि यहाँको पत्रकारितालाई स्वतन्त्रताको जगमा सुदृढ बनाउने दिशामा गंभिर र सार्थक पहल गर्नुपर्ने दायीत्व यतिबेला हामी सबै पत्रकारको काँधमा आएको छ । महामानव बीपीको जन्मशताव्दीका अवसरमा हामीले माथिका चूनौतीको सामना गर्ने प्रतिवद्धता व्यक्त गर्न सक्नुपर्छ । यही नै बीपीप्रति पत्रकारिताका सन्दर्भमा साँचो श्रद्धा सुमन अर्पण गरेको ठहरिनेछ ।
सन्दर्भ सामग्री
ड्ड    झा  धर्मेन्द्र ः नेपाली पत्रकारका चुनौती र प्रेस युनियनको भूमिका, कार्यपत्र
ड्ड    झा धर्मेन्द्र, पत्रकारिता, पुस २०६३, नेपाल पत्रकार महासंघ
ड्ड    दाहाल तारानाथ, नेपाल प्रेस युनियन ः सङ्गठन रणनीति, कार्यपत्र
ड्ड    चन्द्रकिशोर, पत्रपत्रिकामा प्रकाशित विविध रचना र कार्यपत्र
ड्ड    गाउँले शिव, मिशन रिपोर्ट, २०१२ फेबु्रअरी, नेपाल पत्रकार महासंघ
ड्ड    लुइटेल गुणराज ः मिडियामा दलित सहभागिता र सबाल, कार्यपत्र
ड्ड    चिन्तन, विपी जन्मशताव्दी विशेष २०७१, प्रजातान्त्रिक विचार समाज
ड्ड    ....... १८ महिने कार्यकाललाई किन.....लेख, डा. कमल रिजाल, चिन्तन, २०७१



No comments:

Post a Comment