Thursday, October 9, 2014

जनकपुरमा जागरण

जनकपुरमा विकास जागरण

धर्मेन्द्र झा

हिजोआज अचानक जनकपुरमा जागरणको अनुभव गरिएको छ । विकास जागरण ।  एकातिर एशियाली बिकास बैंकको सहयोगमा संचालित एकीकृत सहरी बिकास योजनालाइ रोक्न हुँदैन भनेर दवाब सिर्जना गरिँदैछ भने अर्कोतिर पौराणिक आध्यात्मिक महत्वको प्रसिद्ध ताल तलाउको सफाई कार्य सुरु गरिएको छ । गंगासागरलगायतका केही महत्वपूर्ण तलाउहरुको सफाई कार्य समपन्न गरिसकिएको छ भने केहीको सफाई कार्य जारी छ । उता सहरी विकास योजना ल्याण्डफिल्ड साइटको अल्झोमा बल्झिएको छ । योजना सुरु हुने भनेर नगरक्षेत्रमा तोडफोड अभियानसमेत सुरु भइसकेको अवस्थामा ल्याण्डफिल्ड साइटको समस्या विकराल बन्दै जाँदा तोडफोडको औचित्य प्रमाणित गर्न जिम्मेबार निकायलाई हम्मे परेको छ ।

यसै सन्दर्भमा जनकपुरमा यतिखेर एक अभियान नै संचालन गरिएको छ । जनकपुरलाई आधुनिक विकासको जामा पहिर्याउन र पौराणिक महत्वको यो नगरीलाई समकालीन विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान बनाउन केन्द्रीत यो अभियान समग्रमा जनकपुरको आधुनिकीकरण चाहन्छ । अभियानको नेतृत्व गरिहेका छन, जनकपुरका केही उत्साही युवा । सहरी विकास योजनाका पक्षमा दवाव सिर्जना गर्ने र फोहर तलाउ सफा बनाउन योगदान दिने स्थानीय युवाहरुको सक्रियता सलामको हकदार छ । यसपटक कुरा जनकपुरको विकासका सन्दर्भमा कोशे ढुंगा सावित हुने अपेक्षा गरिएको सहरी विकास आयोजना र तलाउ सफाईकै सन्दर्भमा ।

 जनकपुरको प्राचीन इतिहास साक्षी छ, राजा जनकले पानीसँग जोडिएका जनताका दैनन्दिनका समस्या समाधान गर्न थुप्रै पोखरी र ईनारको निर्माण गर्न लगाए । जनकपुर वरिपरि यस्ता थुप्रै पोखरी छन । एक मान्यताअनुसार यहाँ प्राचीनकालीन चौवन्नवटा पोखरी र एक सय आठवटा ईनार छन  । यस्ता जलस्रोतको सांस्कृतिक महत्व छ ।  यो विश्वासयोग्य कुरा होला न होला, यसमा टिप्पणी गरिरहनु जरुरी छैन । एउटा कुरा के चाहीँ सत्य हो भने यी जलाशय र  पोखरीको अस्तित्व वर्तमान जनकपुरको अक्षुण्ण प्रतिष्ठासँग जोडिएको छ । यी र यस्ता थुप्रै प्रचाीन संरचनाहरु जनकपुरका धरोहर हुन । परिचयका प्रतीक हुन । दुखद कुरा के छ भने यस्ता संरचना क्रमशः ध्वस्त हुँदै विलुप्त हुँदैछन । संरक्षणतर्फ न त कसैको चासो छ न त कसैको चिन्ता नै । संरक्षणको दायित्व बोकेर बसेका जनकपुर नगरपालिका, गुठी संस्थान, राम र जानकी मन्दिरलगायतका विभिन्न मठ मन्दिरका गुठी र वृहत्तर जनकपुर क्षेत्र विकास समिति सबै मुक दर्शक मात्र बनेका छैनन संरचना ध्वस्त बनाउने र लुप्त पार्ने कार्यका मतियारसमेत बनेका छन । प्रशासन मौन छ । प्राचीन महत्वका थुप्रै पोखरी र सांस्कृतिक सम्पदाहरु अतिक्रमणका शिकार बनेका छन । अतिक्रमणका मतियारलाई कुनै न कुनै रुपमा माथि उल्लेख गरिएका संस्थाले सघाएका छन ।
पछिल्लो समयमा नेपाली छापामा जनकपुरको दूर्दशाबारे निकै सामाग्री प्रकाशित भए । निकै चिन्ता र चासो व्यक्त गरिए । तर जनकपुरको मुख्य समस्याको रुपमा रहेको सरसफाई, जलाशयको व्यवस्थापन र अतिक्रमणको मुद्दा तथा सहरी विकासको विषय सशक्त ढंगले आउन सकेन । कहाँसम्म भने जनकपुरका उत्साही युवा, नगरवासी, नागरिक समाज र पत्रकारको सक्रियतामा थालिएको गंगासागर सफाई अभियानका बारेमा प्रवुद्ध लेखक र संचार माध्यमको समेत ध्यानाकर्षण हुन सकेन ।  सामाजिक संजालको भित्ता रंगाएको यो सन्दर्भले पारम्परिक संचार माध्यममा यथोचित महत्व पाउन नसकेको विषय मिडियाका विद्यार्थीका लागि विश्लेषणको विषय हुन सक्छ । जे सुकै होस, जनकपुरका ती उत्साही समूह जो फोहोर हटाउने कार्यमा संलग्न भए र गंगासागरलाई स्वच्छ बनाउन भूमिका निर्वाह गरे, ती धन्यवादका पात्र हुन । जो समूह सहरी विकासको मुद्दालाई बढाइरहेका छन् तिनलाई साधुवाद । गंगासागर सफाई कार्यको विश्लेषण गर्ने हो भने यसलाई जनकपुरको निर्माणका सन्दर्भमा प्रतीकात्मक रुपमा बुझ्न सकिन्छ । 
 जगतजननी जानकीको माइती जनकपुर कुनै बेला शिक्षा, संस्कृति धर्म दर्शनको लागि प्रमुख केन्द्रको रुपमा स्थापित थियो । मिथिला क्षेत्र धन–धान्यले परिपुर्ण थियो ।  जनकपुर ताल तलैया, कुण्ड, सरोवर, मठ मन्दिर,धर्म, सदाचारिताका क्षेत्रमा विश्वविख्यात थियो । त्यही जनकपुर आजको दिनमा बेथितिको सिकार भइ करुण क्रन्दन गरिरहेको छ । सुनिदिने कोही छैन । यस्तोमा जागेका छन जनकपुरका युवा । यिनले जनकपुर सफाईको अभियान थालेका छन । नव निर्माणलाई श्वर प्रदान गर्न तम्सिएका छन । गंगासागर पहिलो प्रयास थियो, जो सफल भएको छ । अरगजा सर, दशरथ तलाउ र धनुष सागर सफाईको दोस्रो चरणमा परेका छन । अब यी युवाले जनकपुरको निर्माण र विकासको सन्दर्भमा नेतृत्व लिने अपेक्षा गरिनु अनुचित हुँदैन ।
अहिलेको जनकपुरको चर्चाको अर्को विषय बनेको छ, यहाँको सहरी विकास आयोजना । एशियाली विकास वैंकको सहयोेगमा संचालन हुने भनिएको यो आयोजना यतिखेर धरापमा  छ । आयोजना कार्यान्वयनमा आउने भनेर नगर क्षेत्रका थुप्रै भौतिक संरचना भत्काइए । यहाँका जनताले यसमा भविष्यको सुनिश्चितता देखे । जनकपुरको नव निर्माण हुने सपना देखे र अभियानलाई सहयोग गरे । युवाहरुले सहजीकरण गरे । तर त्यतिखेर सपनामा तुषारापात हुने सम्भावना देखियो जतिखेर फूलगामामा बन्ने भनिएको ल्याण्डफिल्ड साइटलाई राजनीतिकरण गरियो । त्यहाँ बन्ने भनिएको ल्याण्डफिल्ड साइटको जग्गा राजर्षी जनक विश्वविद्यालयको भएको भन्दै प्रस्तुत गरिएको दावी यतिखेर जनकपुर सहरी विकास आयोजनाका लागि प्रत्युत्पादक बन्न पुगेको जानकारहरु बताउँछन । ल्याण्डफिल्डका लागि फूलगामाको विकल्पका रुपमा वेंगा शिवपुरलाई अगाडी सारियो । तर त्यहाँका वासिन्दा पनि विरोधमा उत्रिएपछि समस्या जटील बन्न पुगेको छ । यो विवादले सिंगै सहरी विकास आयोजना धरापमा पर्ने अनुमान गरिँदैछ । सम्बन्धित जिम्मेवार सरकारी निकाय स्थानीय जनतालाई केही पनि भरपर्दो उत्तर दिन सकिरहेको छैन । उता यसै मुद्दालाई लिएर विरोध र समर्थनमा विभिन्न राजनीतिक दललगायत थुप्रै संघ संस्थाहरु सडकमा आउने क्रम बढेको छ । केहीले यसलाई धनुषाको क्षेत्रीय राजनीतिसँग पनि जोडेर हेर्ने गरेका छन । फूलगामा अहिलेको संसदीय क्षेत्र नम्बर तीनमा पर्दछ । यस क्षेत्रबाट गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्व महामन्त्री वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि निर्वाचित भएका हुन । सहरी आयोजना पूर्णतः क्षेत्र नम्बर चारमा कार्यान्वयन हुनेछ । यस क्षेत्रबाट निर्वाचित सदभावना पार्टीका सभासद अहिले कारावासमा छन । सत्य जे सुकै होस आम स्थानीयवासीको सरोकारको विषय होइन त्यो । सरोेकारको विषय के मात्र हो भने स्थानीयवासी जनकपुर विकसित भएको, सफा सुग्घर भएको, आधुनिकतातर्फ लम्केको देख्न चाहन्छन । सारमा जनकपुरले पुनर्जागरण चाहेको छ । यो पुनर्जागरणका लागि स्थानीय राजनीतिक नेतृत्व तयार हुनु पर्दछ । यतिखेरको जनकपुरका जनताको तीव्र चाना यही हो । जनकपुरको मूलधारको राजनीति पनि यही नै हो । यसबाट कसैले पनि पश्चातगमनको यात्राको निष्कर्ष निकल्दछ भने जनकपुरका जनताका लागि त्यो स्वीकार्य हुने छैन । समयले उल्टो यात्रा स्वीकार गर्दैन, यो सबैले बुझे हुन्छ । होइन भने यसको विकल्प स्वयं जनताले खोज्नेछन ।  
जब कुनै स्थानमा राजनीतिक तह र नेतृत्व असफल हुन्छ तब जनता अगाडि सरेर नेतृत्व आफ्नो हातमा लिएको विश्वमा थुप्रै उदाहरण छन । शायद जनकपुरको सन्दर्भमा पनि यस्तै हुन खोजेको हो भनेर विश्लेषण गरियो भने त्यो अनुचित हुने छैन ।  जनकपुरको राजनीतिक नेतृत्व पुर्णतः असफल सिद्ध भइसकेको छ । यहाँको नागपरिक समाज सक्रिय नहुने हो भने जनकपुर सभ्यता इतिहासमा मात्र सीमित हुने सम्भावनालाई नकार्न सकिँदैन ।
जनकपुरमा अहिले एक विकास अभियान संचालित छ । विगतमा धुलधुसरित हुन बाध्य जनकपुरका जनताले यो अभियानको निरन्तरता खोजेका छन ।  विकास चाहेका छन । यो अभियान स्वच्छ, सफा, हराभरा  र सुन्दर जनकपुरको निर्माण गर्न र त्यँहा आउने लाखौं तीर्थयात्रीको सुबिधालाइ ध्यान दिइ यसलाई पर्यटकीय नगरीका रुपमा विकसित गर्न आवश्यक पूर्वाधारको विकास गर्नतर्फ केन्द्रित हुन सक्नुपर्छ । यो अभियानलाई जनकपुरको वास्तविक आधुनिकीकरणसँग जोडन सकिन्छ । वास्तवमा यो प्रयासलाई जनकपुरको हकमा पुनर्जागरण अभियानसँग जोडेर हेर्नु उचित हुन्छ ।

हिजोआज जनकपुरमा विकास जागरण सुरु भएको छ। एकातिर एसियाली विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत सहरी विकास योजनालाई रोक्न हुँदैन भनेर दबाब सिर्जना गरिँदैछ भने अर्कोतिर पौराणिक आध्यात्मिक महत्त्वको प्रसिद्ध तालतलाउको सफाइ कार्य सुरु गरिएको छ। 
 
गंगासागरलगायतका केही महत्त्वपूर्ण तलाउहरूको सफाइ कार्य सम्पन्न गरिसकिएको छ भने केहीको सफाइ कार्य जारी छ। उता सहरी विकास योजना ल्यान्डफिल्ड साइटको अल्झोमा बल्झिएको छ। योजना सुरु हुने भनेर नगरक्षेत्रमा तोडफोड अभियानसमेत सुरु भइसकेको अवस्थामा ल्यान्डफिल्ड साइटको समस्या विकराल बन्दै जाँदा तोडफोडको औचित्य प्रमाणित गर्न जिम्मेवार निकायलाई हम्मे परेको छ। 
 
यसै सन्दर्भमा जनकपुरमा यतिखेर एक अभियान नै सञ्चालन गरिएको छ। जनकपुरलाई आधुनिक विकासको जामा पहि:याउन र पौराणिक महत्त्वको यो नगरीलाई समकालीन विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान् बनाउन केन्द्रित यो अभियान समग्रमा जनकपुरको आधुनिकीकरण चाहन्छ। 
 
अभियानको नेतृत्व गरिहेका छन् जनकपुरका केही उत्साही युवाले। सहरी विकास योजनाका पक्षमा दबाब सिर्जना गर्ने र फोहर तलाउ सफा बनाउन योगदान दिने स्थानीय युवाको सक्रियता सलामको हकदार छ। यसपटक कुरा जनकपुरको विकासका सन्दर्भमा कोसेढुंगा साबित हुने अपेक्षा गरिएको छ सहरी विकास आयोजना र तलाउ सफाइकै सन्दर्भ। 
 
जनकपुरको प्राचीन इतिहास साक्षी छ, राजा जनकले पानीसँग जोडिएका जनताका दैनन्दिनका समस्या समाधान गर्न थुप्रै पोखरी र इनार निर्माण गर्न लगाए। जनकपुरवरिपरि यस्ता थुप्रै पोखरी छन्। एक मान्यताअनुसार यहाँ प्राचीनकालीन ५४ वटा पोखरी र १०८ वटा इनार छन्। 
 
यस्ता जलस्रोतको सांस्कृतिक महत्त्व छ। यो विश्वासयोग्य कुरा होला न होला, यसमा टिप्पणी गरिरहनु जरुरी छैन। एउटा कुरा केचाहिँ सत्य हो भने यी जलाशय र पोखरीको अस्तित्व वर्तमान जनकपुरको अक्षुण्ण प्रतिष्ठासँग जोडिएको छ। यी र यस्ता थुप्रै प्रचीन संरचना जनकपुरका धरोहर हुन्। 
 
परिचयका प्रतीक हुन्। दु:खद कुरा के छ भने यस्ता संरचना क्रमश: ध्वस्त हुँदै विलुप्त हुँदैछन्। संरक्षणतर्फ न कसैको चासो छ न कसैको चिन्ता नै। संरक्षणको दायित्व बोकेर बसेका जनकपुर नगरपालिका, गुठी संस्थान, राम र जानकी मन्दिरलगायतका विभिन्‍न मठमन्दिरका गुठी र बृहत्तर जनकपुर क्षेत्र विकास समिति सबै मूकदर्शक मात्र बनेका छैनन्, संरचना ध्वस्त बनाउने र लुप्त पार्ने कार्यका मतियारसमेत बनेका छन्। प्रशासन मौन छ।
 
 प्राचीन महत्त्वका थुप्रै पोखरी र सांस्कृतिक सम्पदाहरू अतिक्रमणको सिकार बनेका छन्। अतिक्रमणका मतियारलाई कुनै न कुनै रूपमा माथि उल्लेख गरिएका संस्थाले सघाएका छन्। 
 
पछिल्लो समयमा नेपाली छापामा जनकपुरको दुर्दशाबारे निकै सामग्री प्रकाशित भए। निकै चिन्ता र चासो व्यक्त गरिए। तर जनकपुरको मुख्य समस्याको रूपमा रहेको सरसफाइ, जलाशय व्यवस्थापन र अतिक्रमणको मुद्दा तथा सहरी विकासको विषय सशक्त ढंगले आउन सकेन।
 
कहाँसम्म भने जनकपुरका उत्साही युवा, नगरवासी, नागरिक समाज र पत्रकारको सक्रियतामा थालिएको गंगासागर सफाइ अभियानका बारेमा प्रबुद्ध लेखक र सञ्चारमाध्यमको समेत ध्यानाकर्षण हुन सकेन। सामाजिक संजालको भित्ता रंगाएको यो सन्दर्भले पारम्परिक सञ्‍चारमाध्यममा यथोचित महत्त्व पाउन नसकेको विषय मिडियाका विद्यार्थीका लागि विश्लेषणको विषय हुन सक्छ। 
 
जेसुकै होस्, जनकपुरका ती उत्साही समूह जो फोहोर हटाउने कार्यमा संलग्न भए र गंगासागरलाई स्वच्छ बनाउन भूमिका निर्वाह गरे, ती धन्यवादका पात्र हुन्। जो समूह सहरी विकासको मुद्दालाई बढाइरहेका छन् तिनलाई साधुवाद। गंगासागर सफाइ कार्यको विश्लेषण गर्ने हो भने यसलाई जनकपुर निर्माणका सन्दर्भमा प्रतीकात्मक रूपमा बुझ्न सकिन्छ। 
जनकपुरमा अहिले एक विकास अभियान सञ्चालित छ। यो अभियान स्वच्छ, सफा, हराभरा र सुन्दर जनकपुरको निर्माण गर्न र त्यहाँ आउने लाखौं तीर्थयात्रीको सुविधालाई ध्यान दिई यसलाई पर्यटकीय नगरीका रूपमा विकास गर्न आवश्यक पूर्वाधारको विकास गर्नतर्फ केन्द्रित हुन सक्नुपर्छ। 
जगत्जननी जानकीको माइती जनकपुर कुनै बेला शिक्षा, संस्कृति धर्म-दर्शनको लागि प्रमुख केन्द्रको रूपमा स्थापित थियो। मिथिला क्षेत्र धनधान्यले परिपूर्ण थियो। जनकपुर तालतलैया, कुण्ड, सरोवर, मठमन्दिर, धर्म, सदाचारिताका क्षेत्रमा विश्वविख्यात थियो। त्यही जनकपुर आजको दिनमा बेथितिको सिकार भई करुण क्रन्दन गरिरहेको छ। सुनिदिने कोही छैन। यस्तोमा जागेका छन् जनकपुरका युवा।
 
 यिनले जनकपुर सफाइको अभियान थालेका छन्। नवनिर्माणलाई स्वर प्रदान गर्न तम्सिएका छन्। गंगासागर पहिलो प्रयास थियो, जो सफल भएको छ। अरगजा सर, दशरथ तलाउ र धनुष सागर सफाइको दोस्रो चरणमा परेका छन्। अब यी युवाले जनकपुर निर्माण र विकास सन्दर्भमा नेतृत्व लिने अपेक्षा गरिनु अनुचित हुँदैन। 
 
अहिलेको जनकपुरको चर्चाको अर्को विषय बनेको छ, यहाँको सहरी विकास आयोजना। एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने भनिएको यो आयोजना यतिखेर धरापमा छ। आयोजना कार्यान्वयनमा आउने भनेर नगर क्षेत्रका थुप्रै भौतिक संरचना भत्काइए। यहाँका जनताले यसमा भविष्यको सुनिश्चितता देखे। 
जनकपुरको नवनिर्माण हुने सपना देखे र अभियानलाई सहयोग गरे। युवाहरूले सहजीकरण गरे। तर त्यतिखेर सपनामा तुषारापात हुने सम्भावना देखियो जतिखेर फूलगामामा बन्ने भनिएको ल्यान्डफिल्ड साइटलाई राजनीतीकरण गरियो। त्यहाँ बन्‍ने भनिएको ल्यान्डफिल्ड साइटको जग्गा राजर्षि जनक विश्वविद्यालयको भएको भन्दै प्रस्तुत गरिएको दाबी यतिखेर जनकपुर सहरी विकास आयोजनाका लागि प्रत्युत्पादक बन्‍न पुगेको जानकारहरू बताउँछन्। 
 
ल्यान्डफिल्डका लागि फूलगामाको विकल्पका रूपमा वेंगा शिवपुरलाई अगाडि सारियो। तर त्यहाँका वासिन्दा पनि विरोधमा उत्रिएपछि समस्या जटिल बन्न पुगेको छ। यो विवादले सिंगै सहरी विकास आयोजना धरापमा पर्ने अनुमान गरिँदैछ। 

सम्बन्धित जिम्मेवार सरकारी निकाय स्थानीय जनतालाई केही पनि भरपर्दो उत्तर दिन सकिरहेको छैन। उता यसै मुद्दालाई लिएर विरोध र समर्थनमा विभिन्न राजनीतिक दललगायत थुप्रै संघसंस्था सडकमा आउने क्रम बढेको छ। केहीले यसलाई धनुषाको क्षेत्रीय राजनीतिसँग पनि जोडेर हेर्ने गरेका छन्। 
 
फूलगामा अहिलेको संसदीय क्षेत्र नम्बर ३ मा पर्दछ। यस क्षेत्रबाट गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्व महामन्त्री वर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि निर्वाचित भएका हुन्। सहरी आयोजना पूर्णत: क्षेत्र नम्बर ४ मा कार्यान्वयन हुनेछ। यस क्षेत्रबाट निर्वाचित सद्भावना पार्टीका सभासद् अहिले कारावासमा छन। सत्य जेसुकै होस् आम स्थानीयवासीको सरोकारको विषय होइन त्यो। 
 
सरोकारको विषय के मात्र हो भने स्थानीयवासी जनकपुर विकसित भएको, सफासुग्घर भएको, आधुनिकतातर्फ लम्केको देख्न चाहन्छन्। सारमा जनकपुरले पुनर्जागरण चाहेको छ। यो पुनर्जागरणका लागि स्थानीय राजनीतिक नेतृत्व तयार हुनुपर्दछ। यतिखेरको जनकपुरका जनताको तीव्र चाहना यही हो। 
 
जनकपुरको मूलधारको राजनीति पनि यही नै हो। यसबाट कसैले पनि पश्चगमनको यात्राको निष्कर्ष निकाल्छ भने जनकपुरका जनताका लागि त्यो स्वीकार्य हुने छैन। समयले उल्टो यात्रा स्वीकार गर्दैन, यो सबैले बुझे हुन्छ। होइन भने यसको विकल्प स्वयं जनताले खोज्नेछन्। 
 
जब कुनै स्थानमा राजनीतिक तह र नेतृत्व असफल हुन्छ तब जनता अगाडि सरेर नेतृत्व आफ्नो हातमा लिएको विश्वमा थुप्रै उदाहरण छन्। सायद जनकपुरको सन्दर्भमा पनि यस्तै हुन खोजेको हो भनेर विश्लेषण गरियो भने त्यो अनुचित हुने छैन। 
 
जनकपुरको राजनीतिक नेतृत्व पूर्णत: असफल सिद्ध भइसकेको छ। यहाँको नागरिक समाज सक्रिय नहुने हो भने जनकपुर सभ्यता इतिहासमा मात्र सीमित हुने सम्भावनालाई नकार्न सकिँदैन। 
 
यो अभियानलाई जनकपुरको वास्तविक आधुनिकीकरणसँग जोड्न सकिन्छ। वास्तवमा यो प्रयासलाई जनकपुरको हकमा पुनर्जागरण अभियानसँग जोडेर हेर्नु उचित हुनेछ। 
- See more at: http://annapurnapost.com/News.aspx/story/685#sthash.oTIGErVh.dpuf

No comments:

Post a Comment