स्थानीय निकायको निर्वाचन
प्रधानमन्त्री गरेर देखाऊ
राजनीतिमा त्याग गर्नु भनेको
संकटकालमा संकटको सामना गर्नसक्ने
सामथ्र्य संचित गर्नु हो
भनिन्छ । यस
अर्थमा सामथ्र्यको मुहान नै
राजनीतिक त्याग हो ।
यो अवधारणा राजनीतिको
स्वीकृत तथ्य हो
। राजनीति गर्ने
प्रायः सबैले यो स्वीकृतिमा
सहमति व्यक्त गरेका
छन । अहिले नेपाल राजनीतिक
संकटमा छ र
ठूलै सामथ्र्य भएको
नेतृत्वले मात्र यसको मोचन
गर्न सक्दछ ।
समकालिन नेपाली राजनीतिक नेताहरुमा
सुशील कोइराला यस्ता
व्यक्तित्व हुन, जसले
आफूलाई त्यागको पर्यायका रुपमा
स्थापित गर्न सकेका
छन । विगतको
त्यागबाट प्राप्त सामथ्र्यको उपयोग
गरी संकटमोचकका रुपमा
कोइराला उभिनु पर्ने भएको
छ । उनले
यसअनुरुप अभिने र आफूलाई
प्रस्तुत् गर्ने प्रयास पनि
गरेका छन ।
विगतमा कहिल्यै राजकीय र शासकीय शक्तिमा नआएका कोइरालालाई आफैलाई सफल प्रमाणित गर्ने अवसर प्राप्त भएको छ । शायद उनको यही प्रवृत्ति अहिले प्रधानमन्त्रीका रुपमा प्रकट भइरेको छ, उनले आफू स्वयं प्रधानमन्त्री हुने र देशको समस्या किनारा लगाउने प्रयत्न गरेका छन जो सकारात्मक छ । अहिलेको नेपाली राजनीतिको मूल समस्या भनेको लोकतन्त्र र दलीय पद्धतिमाथि विभिन्न कोणबाट भइरहेको प्रहार हो । यो प्रहार रोक्ने सामथ्र्यको अपेक्षा गरिएको छ सुशील कोइरालाबाट । यो सामथ्र्य प्रदर्शित भएन भने त्यागको महिमा व्यर्थ हुने छ ।
विगतमा कहिल्यै राजकीय र शासकीय शक्तिमा नआएका कोइरालालाई आफैलाई सफल प्रमाणित गर्ने अवसर प्राप्त भएको छ । शायद उनको यही प्रवृत्ति अहिले प्रधानमन्त्रीका रुपमा प्रकट भइरेको छ, उनले आफू स्वयं प्रधानमन्त्री हुने र देशको समस्या किनारा लगाउने प्रयत्न गरेका छन जो सकारात्मक छ । अहिलेको नेपाली राजनीतिको मूल समस्या भनेको लोकतन्त्र र दलीय पद्धतिमाथि विभिन्न कोणबाट भइरहेको प्रहार हो । यो प्रहार रोक्ने सामथ्र्यको अपेक्षा गरिएको छ सुशील कोइरालाबाट । यो सामथ्र्य प्रदर्शित भएन भने त्यागको महिमा व्यर्थ हुने छ ।
लोकतन्त्रलाई
बिस्थापित गरी अधिनायकबाद
वा निरंकुश वा
निर्दलीय व्यबस्थाको स्थापना कुनै
औपचारिक घोषणाबाट हुने गर्दैन
। त्यस्ता व्यबस्था
त जनताका प्रतिनिधिहरुले
सत्तासञ्चालन गर्ने परिवेशको क्रमशः
अन्त्य गर्दै स्थापित हुने
गर्दछ । जनताका
प्रतिनिधिको पहिचान दुई प्रकारले
हुने गर्दछ ।
एउटा जनताबाट निर्वाचित
भएकाहरुको संस्थाका सदस्यहरु र
अर्को जनतालाई आफ्नो
पक्षमा आकर्षित गर्न दैनिक
रुपमा दत्तचित्त भएर
लाग्नेहरुको संगठित संरचना अर्थात
राजनीतिक दलहरु । अहिले
देशमा यी दुबै
स्वरुपका जनप्रतिनिधिहरुले सत्ता सञ्चालन गर्ने
परिवेश कमजोर हुँदै गरेको
देखिएको छ । जननिर्वाचित
निकाय नियोजित रुपमा
कमजोर भइरहेको छ
। संसद अर्थाथ
संविधकानसभाको निर्वाचन त भएको
छ तर मन्त्रिपरिषदबाट
मनोनित हुने छब्बीसजनाको
मनोनयन हुन नसक्दा
देशको सर्वोच्च विधायिकाले
पूर्णता पाउन सकेको
छैन भने स्थानीय
निकायको निर्वाचन त अझै
आकाशको फल सावित
हुने अवस्थामा छ
। एघार वर्ष
भइसक्यो स्थानीय निर्वाचनको पदावधि
समाप्त भएको तर
निर्वाचन हुन सकेको
छैन । प्रधानमन्त्रीका
रुपमा कोइरालााले चाहे
र आँट गर्न
सक्ने हुन भने
माथि उल्लेख गरिएका
दुवै निर्णय शिघ्र
हुन सक्ने छ,
र लोकतन्त्र संवद्र्धनको
दिशामा एउटा कोशे
ढुंगा थप्न सकिनेछ
।
लोकतन्त्र र बहुदलीय
व्यबस्थाप्रतिको बलियो प्रतिबद्धताका साथ
स्थापना भएको र
लड्दै आएको नेपाली
कांग्रेसले जनताका प्रतिनिधिहरुले सत्ता
सञ्चालन गर्ने अबस्थाको प्रत्याभूतिको
प्रयास गर्नु जरुरी छ
। जनप्रतिनिधिमुलक संस्था
अर्थात् स्थानीय निकाय यति
लामो समयसम्म नीतिविहीन
रुपमा वेवारिसे भइरहनुले
नेपाली कांग्रेस र वर्तमान
नेपालका त्यागी प्रधानमन्त्री कोइरालाबारे
जनताले अनर्गल सोच्ने ठाउँ
पाउँछन भने यसलाई
अन्यथा भन्न मिल्दैन
। यसो हो
भने लोकतन्त्र र
दलीय पद्धतिप्रतिको आफ्नो
प्रतिबद्धता कार्यान्वयन गराउने सन्दर्भमा
कांग्रेस कमजोर भएको मानिने
छ । ‘लोकतन्त्र
र बहुदलीय पद्धतिका
बिषयमा कसैसंग संझौता गर्दैनौ’
भन्ने कांग्रेस नेताहरुको
हुँकारले धेरै नेपालीहरुलाई
इतिहासदेखि नै ढुक्क
र बिश्वस्त तुल्याएको
हो । यो
हँुकारले धेरै निरंकुशतालाई
ढालेको पनि छ
। अहिले खोसिन
लागेको स्थानीय लोकतन्त्र र
दलीय पद्दतीको बचाउ
गर्न त्यो हुँकार
संझदै कांग्रेस सक्षम
हुनुपर्दछ । कांग्रेस
सभापति हुनुको नाता र
राजनीतिमा त्यागी हुनुको नाताले
प्रधानमन्त्रीको हैसियतमा यसको आक्रामक
अगुवाई गर्ने दायीत्व सुशील
कोइरालाकै काँधले वहन गर्नु
पर्नेछ ।
‘राजनीतिक नेताले आउदो चुनावमात्र
हेर्छ, र राजनेताले
बिष बर्ष पछिसम्मको
आंकलन गरेर निर्णय
लिन्छ’ भन्ने बीपी कोइरालाको
भनाई यतिबेला लोकतन्त्र
र दलीय व्यबस्थाका
पक्षपातीले स्मरण गर्नुपर्ने भएको
छ । कांग्रेसका
केन्द्रिय सदस्यहरुले पनि यो
भनाईलाई स्मरण गर्दै सभापतिलाई
सुझाउनु पर्ने भएको छ
। राजनीतिमा कहिलेकाँही
अलोकप्रिय निर्णय पनि लिन
सक्नुपर्दछ भन्ने बीपी कोइरालाकै
अर्को भनाईबाट प्रेरणा
लिदै कांग्रेस केन्द्रिय
सदस्यहरु र नेतृत्वले
निर्णय गर्नुपर्ने अवस्था आएको
छ । यतिबेला
दैनिक राजनीतिमा हुने
घाटा नाफाभन्दा पनि
लोकतन्त्र र दलीय
पद्धतिप्रतिको आफ्नो आदर्शलाई जोगाउने
दायीत्वको बोध नेपाली
काँग्रेसको नेतृत्वले गर्नुपर्ने हो
र लोकतन्त्रको संवद्र्धनका
दिशामा नया आयाम
थप्ने पहल गर्नुपर्ने
हो तर त्यसो
हुन सकेको अनुभूति
गर्न सकिएको छैन
। प्रधानमन्त्री नियुक्त
भएदेखि नै सत्ता
समीकरणको अल्झोमा परेका प्रधानमन्त्रीले
शायद स्थानीय लोकतन्त्रका
बारेमा सोच्न भ्याएकै छैनन
।
कांग्रेसले
००७ सालको को
क्रान्तिका ताका जनतासंग
भन्यो – अब हामी
प्रजातन्त्र ल्याउछौ । कांग्रेस
सफल भयो र
प्रजातन्त्र आयो ।
०४६ मा कांग्रेसले
जनतालाई भन्यो की राजालाई
संबिधान अन्तरगत राख्छौ र
बहुदलीय प्रजातन्त्र ल्याउछौ ।
त्यतिबेला पनि जित्यो
र जनतासंगको बाचा
पुरा ग¥यो
। ०६२÷०६३
मा पनि निरंकुशता
ढाल्छौ भन्यो र ढाल्यो
पनि । २०६४को
पहिलो संबिधानसभाको चुनाबमा
लोकतान्त्रिक गणतन्त्रात्मक संबिधान दिन्छौ भन्यो,
विगतको असफलता सम्झँदै जनताले
कांग्रेसको कुरा पत्याएन
र कांगे्रस पराजित
भयो । परिणामतः
संबिधान पनि आउन
सकेन । इतिहासले
भन्छ, देश, लोकतन्त्र
र बहुदलीय व्यबस्था
जोगाउन कांग्रेसको अगुवाई र
मुख्य भूमिका अनिवार्य
छ । पछिल्लोपटक
२०७०मा स्थानीय निकायको निर्वाचन
छ महिनाभित्र सम्पन्न
गर्छौ भन्दै संविधानसभाका
लागि मत माग्यो
। जनताले यसपटक फेरि विश्वास
गरे र विजयी
पनि बनाए ।
यतिबेला बिकल्पहिन भई आफ्नो
प्रतिबद्धतामाथि आघात गर्ने
किसिमले विगतका वाचा विर्सनु
र स्थानीय निकायको
निर्वाचनबाट विमुख हुनु कांग्रेसलाई
किमार्थ सुहाउदैन । लोकतन्त्रको
मर्यादा राख्दै दलीय व्यबस्थाप्रतिको
प्रतिबद्धतालाई केन्द्रबिन्दुमा राखेर स्थानीय निकायलाई
जनताको नजिकको सरकारको स्थापना
गर्ने विषयमा छलफल
चलाउन कोइरालाले अब
ढिला गर्नु हुादैन
। सिंगो
देशलाई केन्द्रित गर्ने सामथ्र्य
यतिबेला कोइरालाले देखाउनुपर्ने भएको
छ ।।
त्यागबाट आर्जित सामथ्र्यको उपयोग
गर्दै देशलाई निकास
दिने उपयुक्त मौका
कोइरालाका सामु उपस्थीत
छ । अब
पद होइन, राजनेता
बन्ने अबसर उपस्थति
भएको छ । उनी राजनेता
बन्दा देशको लोकतन्त्र
र बहुदलीय पद्दतीमाथीको
प्रहार निश्तेज हुने अबस्था
छ । यो
ऐतिहासिक दायत्वि बहन गर्न
कोइरालाले सामथ्र्य देखाउनै पर्दछ
। कांग्रेसजनहरुले उनलाई
सघाउनै पर्दछ ।
No comments:
Post a Comment