Monday, April 25, 2016

GOPA/ 10th anniversary of Democracy



लोकतन्त्र जिन्दावाद

धर्मेन्द्र झा


भोली वैशाख ११ अर्थात लोकतन्त्र दिवस ।सम्पूर्ण देश र देशवासी शनिवार (भोली) दसौं  लोकतन्त्र दिवस मनाउने तयारीमा छन । अर्थात् नेपाली लोकतन्त्रले एक दशक पूरा गरेको सन्दर्भमा महत्वपूर्णा छ । दोस्रो जनआन्दोलनका रुपमा चर्चित र स्थापित ०६२÷०६३ को राजनीतिक आन्दोलन सफल भएको दिन वैशाख ११ को दिनलाई स्मरण गर्दै मनाइने यो दिवस नेपाल र नेपालीका लागि विशेष छ । थुप्रै शहीदको शहादतपछि आम नेपालीमाझ स्थापित यो दिनको भावनात्मक महत्व हाम्रालागि निश्चय पनिा स्मरणयोग्य छ । यस दिनपछि मात्र नेपालीले स्वयंलाई देशको सम्प्रभू नागरिकका रुपमा स्थापित र परिभाषित गर्ने अवसर प्राप्त गर्न सकेका हुन् । आज लोकतन्त्र दिवस दसौपटक मनाइरहँदा योसँग जोडिएर थुप्रै विषय हाम्रासामु उपस्थित छन । मूल विषय जनताले अनुभूत गर्ने उपलब्धी (?) र राजनीतिक प्रणालीको संस्थागत विकासको कुरा हो । आम नेपाली जनताको ठूलो संघर्षपछि प्राप्त लोकतन्त्रको विद्यमान अवस्था र चित्रका सन्दर्भमा हामीले गम्भीर वस्तुगत विश्लेषण गर्नु आवश्यक छ ।