Thursday, August 3, 2017
Congress in Current/GOPA
वर्तमानमा कांग्रेसको भूमिका
धर्मेन्द्र झा
नेपाली कांग्रेस देशको सबैभन्दा जेठो लोकतान्त्रिक पार्टी हो । कतिपय सन्दर्भमा कांग्रेस र लोकतन्त्रलाई एक अर्काको पर्यायका रुपमा पनि व्याख्या गर्ने गरिन्छ । हालका दिनमा यो व्याख्या कति ठीक हो भन्ने सन्दर्भमा वहस गर्न सकिएला तर यस पार्टीको इतिहास अध्ययन् गरेका खण्डमा माथिको व्याख्यालाई ठाडै अनुचित भन्न मिल्दैन । पछिल्लो दिनमा वैचारिक दृष्टिले नेपाली कांग्रेसमा युगान्तकारी रुपान्तरणको अनुभव गरिएको छ । राजनीतिको उद्देश्य र मुद्दा क्रमशः परिवर्तन भइरहेको वर्तमानमा यस्तो रुपान्तरणलाई स्वाभाविक नै मान्नु पर्दछ । पछिल्लो दशकमा नेपालमा संसदीय पद्धति र जातीय तथा साम्प्रदायिक दृष्टिले अनेकथरि मुद्दा स्थापित भए वा गराइए । नेपाली कांग्रेस पनि त्यसबाट प्रभावित नभई रहन सकेन । वितेको दशकमा वैचारिक दृष्टिले नेपाली कांग्रेसले निकै आरोह—अवरोहको सामना गर्नुपरेको यथार्थ कसैबाट लुकेको छैन । विगतमा यस्तै आरोह—अवरोहको एक पडाव बन्न पुग्यो त्रिवेणी बैठक । हालको नेपाली राजनीतिको अवस्थालाई दृष्टिगत गर्ने हो भने त्रिवेणी वैठकको महत्व कालजयी छ, जसको प्रभाव अहिले पनि नेपाली राजनीतिमा अनुभूत गर्ने गरिन्छ । वास्तवमा राष्ट्रियताको नयाँ मान्यता स्थापनासँग सम्बद्ध यो वैठकको सन्देश, दोस्रो चरणको स्थानीय निर्वाचनका सन्दर्भमा अनेकथरि प्रश्न उठ्न थालेको वर्तमानमा नेपाली राजनीतिका लागि निकै सामयिक बन्न पुगेको छ ।Madhesh and 2nd phase election/GOPA
दोस्रो चरणको चुनावमा मधेश
धर्मेन्द्र झा
जेठ ३१ गतेका लागि विगतमा निश्चित स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार नौ गते हुँदै आजको २७ औ दिन अर्थात् असार १४ गतेका लागि तय गरिएको छ । पछिल्लोपटक निर्वाचन तिथि सारिनुमा मुस्लिमहरुको महान पर्व रमजानलाई कारणका रुपमा उल्लेख गरिए पनि सत्य सम्भवतः त्यति मात्र होइन । मधेशको समथर भूमी सम्मिलित प्रदेश १, २, ५ र ७ का ४१ जिल्ला (तराईका १९ जिल्लासमेत)का चार सय ६१ स्थानीय तहका लागि हुने दोस्रो चरणको निर्वाचनको तिथि पटकपटक परिवर्तन गरिनुमा मधेशलाई सम्बोधन गर्ने रणनीति निहीत छ भनेर बुझ्दा गलत हुँदैन । स्थानीय तहका लागि सम्पन्न पहिलो चरणको निर्वाचनमा जनताको अपार उत्साहको पृष्ठभूमीमा हुन गइरहेको दोस्रो चरणको निर्वाचनको विशेष महत्व छ । पहिलो, यस निर्वाचनले देशभर स्थानीय तहको निर्वाचनलाई पूर्णता प्रदान गर्दै स्थानीय सरकार गठनको प्रक्रियालाई अर्थ प्रदान गर्नेछ । दोस्रो, संविधान कार्यान्वयन प्रक्रियालाई वल प्रदान गर्नेछ र तेस्रो लोकतन्त्रलाई स्थानीय स्तरसम्म संस्थागत गर्न भूमिका निर्वाह गर्नेछ । तर, आसन्न दोस्रो चरणको निर्वाचनका सम्बन्धमा कुनै आशंका व्यक्त गरिँदा पक्कै पनि दुःखको अनुभूती हुन्छ । यो अस्वाभाविक होइन ।Lesson of cancelled vote/GOPA
बदर मतको पाठ
धर्मेन्द्र झा
स्थानीय तहका लागि प्रथम चरणको निर्वाचनअन्तर्गत मतदान भएको एक साता वित्न लाग्दा पनि थुप्रै ठाउँका मतदाताले आफ्ना स्थानीय सरकारको नेतृत्वकर्ता को हुन भन्ने औपचारिक विवरण पाउन सकेका छैनन् । प्रथम चरणअन्तर्गत प्रदेश ३, ४ र ६ को ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका लागि सम्पन्न मतदानको परिणाम थाहा पाउन अझै केही दिन लाग्ने छ । मतगणनामा भएको ढिलाईको विषय यतिखेर आम जनताको चासोको विषय बनेको छ । यसका साथै मतगणनाका क्रममा देखिएको बदर मतको सन्दर्भ पनि यतिखेर चर्चाको उत्कर्षमा छ । मतगणनामा भएको ढिलाइ र मत बदरको सर्वत्र आलोचना भएपछि मतदानको मतगणना प्रारम्भ भएको चौंथो दिन प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको ‘गुणस्तरीय मतगणनामा ध्यान दिऔं मतगणनामा हतार नगरौं’ भन्ने अभिव्यक्ति सार्वजनिक भएको छ । यस अभिव्यक्तिलाइ आयोगले आफ्ना पक्षमा गरेको वचावका रुपमा लिन सकिन्छ ।Tilathi Flood/NT
सीमान्त तिलाठीमा बाढीको कहर
धर्मेन्द्र झा
पूर्वी नेपालको दक्षीणी सीमामा अवस्थित तिलाठी क्षेत्र अहिले आक्रान्त बनेको छ । आक्रान्त हुनुको कारण हो बाढीको कहर । यस क्षेत्रका तिलाठी, लौनियाँ, वेल्ही, रमपुरा, विसहरिया, मल्हनियाँ, सकरपुरा, कोइलाडी र भारदहनजिकको मयनाकरडीलगायतका क्षेत्रको जनजीवन अहिले बाढीका कारण अस्तव्यस्त बन्न पुगेको छ । गत वर्ष यही समयमा तिलाठीका जनताले बाढीको कहरबाट पार पाउन टाउकोमा गम्छा बाँध्दै हातले लाठी नचाउनुुपर्ने अवस्थाको सिर्जना भएको स्मरणीय छ ।Deuba's Challenges/NT
चुनौतीका चाङ्गमाथि देउवा
धर्मेन्द्र झा
तात्कालीन सभापति सुशील कोइरालाको दैहिक अवसानको एक महिना नबित्दै सम्पन्न कांग्रेसको तेह्रौ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरवहादुर देउवा त्यसपछिको करिव १५ महिनाको अन्तरालमा देशको ४०औं र गणतन्त्र नेपालको १० औं प्रधानमन्त्री बन्न पुगेका छन् । पूर्वीय दर्शनले भाग्यवादमा विश्वास गर्छ र यस आधारमा हामीले भाग्यमा विश्वास गर्ने हो भने मान्नैपर्छ, शेरवहादुर देउवा हुन् । यसअघि २०५२ को भदौ २७ गते, २०५८ साउन ११ गते र २०६१ जेठ २० गते क्रमशः तीनपटक प्रधानमन्त्री बनेका देउवा यसपटक १२ वर्षपछि चौंथोपटक २०७४ जेठ २३ गते पुनः प्रधानमन्त्री निर्वाचित भएका छन् । नेपालीमा एक प्रसिद्ध उखान छ, १२ वर्षमा खोलो पनि पर्किन्छ ।
Save Democracy-Duty of All/JT
लोकतन्त्र रक्षाको दायित्व सबैको
धर्मेन्द्र झा
लोकतन्त्रले प्रभावकारी सहभागिताका लागि मतदानमा समानता, समझदारीको विकास, सरकारका सम्पूर्ण कार्यसूचीमाथि जनताको अन्तिम नियन्त्रण र सम्पूर्ण वयस्कहरूको संलग्नतालाई प्रत्याभूत गरेको हुन्छ । दमनकारी शासनकोे अन्त्य, आधारभूत अधिकारहरूको बहाली, वैयक्तिक स्वतन्त्रता, नैतिक स्वायत्तता, मानवीय विकास, अत्यावश्यक निजी स्वतन्त्रताको संरक्षण, राजनीतिक समानता, शान्ति र समृद्धिको अवसरको उपस्थितिका कारण लोकतन्त्र सवैलाई प्यारो लाग्ने गरेको हो ।
खासमा नैतिकताबाहेक लोकतन्त्रको अन्य कुनै वन्धन हुँदैन । त्यसैले लोकतन्त्रलाई कुनै सीमा वा बन्धनमा बाँधिएको शासन व्यवस्था मानिदैन । यसले खुकुलो नैतिकताको बन्धन भने सिर्जना गरेको हुन्छ । यस आधारमा यो मानवीय उच्च सभ्यताको द्योतक बन्न पुगेको छ । वास्तवमा लोकतन्त्र जनताको प्रतिनिधिमूुलक यस्तो शासन व्यवस्था हो जसको विकल्पमा अर्कोे त्यत्ति नै जनमुखी, न्यायमुखी, सहभागितामूलक, जनप्रतिनिधिमूलक र सामाजिक न्याय सहज वितरण गर्ने राजनीतिक प्रणाली अहिलेसम्म विकसित हुनसकेको छैन ।
Subscribe to:
Posts (Atom)