Tuesday, June 30, 2020

Maithili Baal Kavita


हमैथिली वाल कविता

हमसब छी एकहि


गोलु मोलु बच्चा–बुच्ची, ई दुनिया बड्ड अजुवा ।
माटिसँ बेसी पानि भरल, अजगुत बड्ड यो बौवा ।।

गोर–कारी लोक अनेक, खुनक रंग छै एकहि ।
लाल खुन बहए सबमे, बुझू बात आहाँ चोटहि ।।

लोकेटा नहि आनो प्राणी, भरल पडल छै एतऽ ।
सबहक बात सबकेओ बुझबै, मिलि हमसब रहबै एतऽ ।। 

हिन्दू, मुस्लिम, सिख, इसाई, ई धर्मक नाम अनेक ।
अल्लाह, ईश्वर, नानक, जिसस, छै सबहक मतलब एक ।।


विदेश घुमबै देश बनेबै   २

पढबै लिखबै बनेबै देश, कहिओकाल घुमऽ जेबै विदेश ।
विदेश जेबै घुमबै फिरबै, देखि–सुनिकऽ एबै देश ।।

जापान चीन अमेरिका घुमबै, नीक चिज एतऽ अनबै ।
पेरिस लन्डन जर्मन जेबै, विकासक बात हम बुझेबै ।।

पडोसमे जाएब भारत घुमब, झोरा भरिकऽ सनेस आनब ।
चोर उचक्कासँ बचिकऽ रहब, अपन सुरक्षा अपने जानब ।।

कोरिया कतार मलेसिया जाएब, नीकनिकुत हम ओतऽ खाएब ।
अरब कुवेत हमसेहो जेबै, बड्ड गर्मीमे बचिकऽ रहबै ।।

देशक कथा सुनू   ३

ई छै हमर देश नेपाल, एकर कथा सुनू  ।
सुनू सुनू सुनू भैया, दिदी आहाँ सबगोटे सुनू ।।

जानकी छै, एहि देशक बेटी से बात सुनू ।
काका काकी ई देशक कथा आहाँ सबगोटे सुनू ।।

उच्च हिमालयके कोरामे रहै छी से बात सुुनू ।
दादा  दादी ई देशक कथा आहाँ सबगोटे सुनू ।।

कमला आ वलान बहै छै से बात सुनू ।
नाना नानी ई देशक कथा आहाँ सबगोटे सुनू ।।


सबसँ बढियाँ सबसँ सुन्दर  ४

सबसँ बढियाँ सबसँ सुन्दर इएह हमर ठाम यौ ।
नेपालमे छै मिथिला, मिथिलामे छै हमर गाम यौ ।।

हमर केरा हमर सरिफा हमरे अँत्ता आम यौ ।
नेपालमे छै मिथिला, मिथिलामे छै हमर गाम यौ ।।

हमर दाहा हमर झण्डा हमरे सब सरजाम यौ ।
नेपालमे छै मिथिला, मिथिलामे छै हमर गाम यौ ।।

हमर तोता हमर मैना हमरे रहीम–राम यौ ।
नेपालमे छै मिथिला, मिथिलामे छै हमर गाम यौ ।।


बढए सबके मान–सम्मान  ५

हिमाली पहाडी आ मधेशी केओ नहि छै आन ।
काज एहन करी जे बढए सबके मान–सम्मान ।।

पूव–पश्चिम उत्तर–दक्षीण पसरए चहुँदिसि शान ।
काज एहन करी जे बढए सबके मान–सम्मान ।।

मेची–काली सौंसे पसरल ई हमर देश महान ।
काज एहन करी जे बढए सबके मान–सम्मान ।।

नेपालीसब मिलि कऽ रही ककरो नहि जाए जान ।
काज एहन करी जे बढए सबके मान–सम्मान ।।


कनियाँ –पुतरा ६

कतेक सुन्नरि हम्मर कनियाँ, नाकमे हिनकर झुलनि नथनियाँँ ।
पहिरिकऽ ललका नूआ देखू, सासुर चललीह नवकी कनियाँँ ।।

कनियाँ बैसलीह जा महफापर, चलल कहरिया बरक घर ।
संगमे बहुतो छैक सनेस, खाजा, मुङबा, अहिबक फर ।।

केश बान्हिकऽ  कएलनि काजर, डाँडमे झटपट खाँेसलनि आँचर ।
वर–कनिया मिलि सम्हारथि,  घर अङना चौरी चाँचर ।।

केहन रहैए साफ आ सुथरा, हमरासबहक कनियाँ–पुतरा ।
आबै सभकेओ मिलिकऽ खेली, पलटु, सुनीता, मोहन, धुथरा ।।

सञ्चार ७

सुनू सुनू यौ बाबु भैया, सुनियौ हमर बात ।
सुनियौ जनियौ गमियौ, आब ई कम्प्यूटरक बात ।।

धुरा गर्दा खेलब छोडू, गुनु बुझु सञ्चार यौ ।
गुल्ली डण्डा धन्धा छोडू, आब पढू अखवार यौ ।।

सारा विश्व बन्हल छै, बुझू ई इन्टरनेटक डोरीमे ।
कथा कविता खिस्सा पिहानी, सब छै एकरे झोरीमे ।।

छोडू अमेरिका चाइना भारत, आब सब छै एकहि ठाम ।
बड अछि अजगुत बात ई विश्व बनल एक ग्राम ।।

रुनु–झुनु ८

केश खोकरी चोटी बान्ही, विन्दी सजए हमर ।
रुनु–झुनु रुनु–झुन,ु पायल बाजए हमर ।।

धुरा गन्दा नहि खेलेब,ै साफ रखबै डघर ।
रुनु–झुनु रुनु–झुनु पायल बाजए हमर ।।

नवका कपडा हम पहिरबै, फेंकबै पुरना जम्फर ।
रुनु–झुनु रुनु–झुनु, पायल बाजए हमर ।।

किताब लेबै पेन्सिल लेब,ै सँगमे रखबै कटर ।
रुनु–झुनु रुनु–झुनु, पायल बाजए हमर ।।




Tuesday, August 15, 2017

Garuda Incident/Khabarera

गरुडा घट्ना ः मृत चार वालिकाको वकपत्र

हामी बाँच्न चाहन्थ्यौ

धर्मेन्द्र झा

हाम्रो घर रौतहट जिल्लाको गरुडामा थियो । हामी हाम्रो परिवारको तीनजना गरी चार दिदी वहिनीमध्ये संगीताकुमारी(१२ वर्ष) र सुनिताकुमारी (९ वर्ष) रामएकवाल साहका छोरी हौं भने सुस्मिताकुमारी (९ वर्ष) प्रेमनारायण साह र सुनैनाकुमारी (९ वर्ष) योगेन्द्र साहका छोरी हौं । गरुडा नगरपालिका वडा नम्बर चारमा सडक बनाउने क्रममा खनिएको खाल्डोमा भरिएको पानीमा डुवेर साउन २१ गते शनिवार हाम्रो मृत्यु भएको हो । गरुडाको इलाका प्रहरी कार्यालयबाट करिव दुई सय मिटर उत्तरमा रहेको चन्द्रनिगाहपुर—गौर सडकसँग जोडिएर रहेको खानेपानी कार्यालय पुग्न नयाँ खनिएको कच्ची बाटो निर्माणका क्रममा खेतमा उक्त खाल्डो खनिएको थियो । मानिसहरु भन्ने गर्दछन्, उक्त खाल्डो डिभिजन सडक कार्यालयका ठेकेदारले सडक निर्माणका क्रममा खनेर त्यतिकै छाडिदिएका हुन् । त्यो त लापर्वाही हो नि है ? ती ठेकेदार र डिभिजन सडक कार्यालयले त्यस्तो लापर्वाही नगरेर खाल्डो पुरिदिएको भए हामी मर्ने थिएनौ नि है ? तर खै, अर्काको लापर्वाहीको मूल्य हामीले हाम्रो ज्यान दिएर चुकाउनुपर्यो ।
००                ००                 ००                 ००

Letter From Madheshiya to Leader/NT

नेताजीलाई मधेशीयाको चिट्ठी

धर्मेन्द्र झा

परमादरनी नेताजी हरु
जय नेपाल, लाम सलाम, जय रास्टरवाद, जय जनता, जय देश, जय मधेश, जय पहाड, जय हिमाल आ सबैलाई नमस्कार
हामी अहिलेसम्म आरामै छु आ आश गर्छु कि तपाईहरु पनि भगवान पशुपतिनाथ आ माता जानकीको किरपाले आरामै हुनुहोला । हजुर, देश र मधेशको बारेमा यहाँहरुलाई सबै थाहा नै होला । हजुरहरु त कलियुगको भगवानजस्तै न हो, सबै कुरा थाहा हुन्छ तर सबैले बुझेर पनि पचाइलिन्छ ।
नेताजीहरु मधेशको हालत धेरै ठीक छैन । हाम्रो मधेशमा केही दिन पहिला बहुत पानी परेको थियो । त्यसले बाढी आयो आ सपतरी जिलाको धेरै गाममा बडो ठूलो समस्या भइगयो । तर सरकारले केही पनि गरेन । अरु दलका नेताले पनि हेरेन । आ सपतरीका मधेशीयाहरु त्राहिमाम गरिरहेछ । अन्न छैन । रोग लागेको छ तर दवाई छैन । डाक्टरो पनि छैन । चारोतरफ गन्दैगन्दा छ । सबैतिर गन्हाउँछ ।  जानलेवा महामारी रोग पसरिन्छजस्तो लागेको छ हजुर । रस्ता—पेडा, बाट—घाट सबै भसियाइगएको छ । तहसनहस भइगएको छ । बीच सडकमा बडकाबडका खधिया छ । न गाडी चल्छ आ ने पैदले चल्न सकिन्छ ।

Two Election at a time/ GOPA

एकै पटक दुई निर्वाचन

धर्मेन्द्र झा

 भनिन्छ राजनीतिमा सामथ्र्यको मुहान नै त्याग हो । यो अवधारणा अभ्यासमा आधारित राजनीतिको स्वीकृत तथ्य हो । राजनीति गर्ने प्रायः सबैले यो स्वीकृतिमा सहमति व्यक्त गरेका छन ।  नेपाल अहिले पनि राजनीतिक संक्रमणमा छ र ठूलै सामथ्र्य भएको नेतृत्वले यसको मोचन गर्न सक्दछ । संविधान कार्यान्वयन्को गुरुतर दायित्व यतिखेर नेपाली नेताको काँधमा छ । संविधानको पूर्ण कार्यान्वयन्ले मात्र देशको राजनीतिक संक्रमणको अन्त्य हुने अपेक्षा गर्न सकिन्छ । यस सन्दर्भमा निर्वाचन एक महत्वपूर्ण माध्यम भएको कुरामा दुई मत छैन । दुई चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने आगामी असोज दुईमा तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर दुईको निर्वाचन आसन्न छ । यसपछि प्रादेशिक र संघीय (संसद) निर्वाचन हुनु अपेक्षित छ । सन्तोषको विषय हो, आसन्न निर्वाचनहरुको तयारी भइरहेको छ । जबसम्म उपर्युक्त निर्वाचनहरु सम्पन्न हुँदैनन् तबसम्म नेपाली राजनीतिमा संक्रमणको छायाँ रहि नै रहने निश्चित छ र यो संक्रमण्म चिर्ने दायित्व नेपालका सबै राजनीतिक दल र तिनका नेताको हो भन्ने कुरामा शंका छैन । तर वर्तमान सरकारको नेतृत्वकर्ताको हैसियतले संक्रमण अन्त्य गर्ने सबैभन्दा ठूलो दायित्व संसदमा सबभन्दा ठूलो दल नेपाली कांग्रेस र यसका सभापति, जो देशको प्रधानमनत्री पनि हुनुहुन्छ, शेरवहादुर देउवको काँधामाथि छ ।

Thursday, August 3, 2017

Truth in crisis/AT

संकटमा सत्य

धर्मेन्द्र झा

ड्ड प्रधानमन्त्री शेरवहादुर देउवाले विविसिको साझा सवाललाई अन्तर्वार्ता दिएपछिका दिनमा उनीप्रति लक्षित रहेर विविध स्तरबाट विविधखाले अभिव्यक्तिहरु सार्वजनिक भए । यी अभिव्यक्ति गालीगलौच, आग्रह, तिरस्कार र कुण्ठामिश्रित थिए । देशको कार्यकारी प्रमुखका सम्बन्धमा अभिव्यक्त यस्ता धारणा पक्ष–विपक्षमा विभाजित थिए । यी सबैखाले अभिव्यक्तिका भाषा समग्रमा अशोभनीय थिए ।
ड्ड राष्ट्रपतिका लागि १६ करोड मूल्य पर्ने गाडी खरीद गरिने आशयको समाचार सार्वजनिक भयो । विना कुनै पुष्टि सार्वजनिक भएको यो समाचारको खण्डन राष्ट्रपतिको कार्यालयले गरेपछिका दिनमा पनि विभिन्न स्तरबाट अनेकौंथरि धारणा सार्वजनिक भए । यस्ता अभिव्यक्तिमध्ये अधिकांशका भाषा हदैसम्मको तल्लो दर्जाका थिए । सम्माननीय राष्ट्रपतिका सम्बन्ध यस्ता धारणामध्ये कतिपय त स्पष्ट शव्दमा गाली नै थिए ।
ड्ड दोस्रो चरणको निर्वाचनका क्रममा एकजना हवल्दारले हाथले बम समाती हुत्याउँदा सम्भावित ठूलो दूर्घटना हुनबाट जोगिएको थियो । यस घटनासँग सम्बन्धित हवल्दारलाई गृहमन्त्रीले एक हजार पाँच सय रुपैयाँ दिएको भन्दै ठूलो कोकोहोलो मच्चाइयो र गृहमन्त्रीको आलोचनामा निकैले निकै शव्द खर्चिए । स्मरणीय छ, यस्ता आलोचनाका भाषा पनि शोभनीय थिएनन् ।
ड्ड एकजना पत्रकारले समाचारका विषयमा एकजनासँग रु एक लाखको मोलमोलाई गरेको दावी गर्दै केही सामग्री सार्वजनिक गरियो र अनेकथरि व्यक्तिबाट अनेकौ प्रकारका अपशव्दयुक्त अभिव्यक्ति सार्वजनिक भयो । पत्रकारिताको आडमा व्यक्त यस्ता अभिव्यक्तिको भाषा अत्यन्तै क्षुद्र प्रवृत्तिको थियो ।

Local level and Power Exercise/GOPA

‘शक्ति—अभ्यास’को चेपुवामा स्थानीय तह

धर्मेन्द्र झा

यतिखेर देशको मुख्य राजनीतिक सन्दर्भ हो—संविधानको पूर्ण कार्यान्वयन् र लोकतन्त्र तथा संघीयताको समुचित व्यवस्थापन । तर यदाकदा लाग्दछ, राजन्ीतिले अर्कै बाटो समाउन खोजिरहेको छ । राजनीतिक दलहरुले मुख्य दायित्वभन्दा ‘शक्ति—अभ्यास’लाई प्राथमिकतामा राखिरहेको उनका गतिविधिले स्पष्ट गर्दछन् ।  संविधान जारी भएको बाइस महिनाभन्दा बढी भइसकेको छ, तर अझैं पनि कार्यान्वयनको स्वरुप जटिल र चुनौतिपूर्ण छ । नेपालको संविधान–२०७२ जारी भयो र यो अहिले अस्तित्वमा छ । तर तीनै तहको निर्वाचन (स्थानीय तह, प्रदेश र संघीय) प्रक्रियाले जबसम्म पूर्णता प्राप्त गर्न सक्दैन, तबसम्म संविधान कार्यान्वयन् भएको आमनागरिकले अनुभूति गर्न सक्ने छैनन् । अहिले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीमण्डलको चयन वर्तमान संविधानको संक्रमणकालीन प्रबन्धअनुसार मात्रै भएको अवस्था छ । उच्च अदालत स्थापना भएका छन् । एक सयभन्दा बढी कानुनको निर्माण हुन बाँकी छ । सबैभन्दा प्रमुख विषय भनेको स्थानीय तहदेखि संघीय निर्वाचन भएर तद्नुरुपका व्यवस्थापिका र सरकारको गठन भएपछि मात्रै यो संविधान कार्यान्वयन् भएको अनुभूति हुने छ । माथिको सम्पूर्ण निर्वाचनको प्रक्रियाले पूर्ण आकार ग्रहण नगरेसम्म आम राजनीतिक दलहरू वा अरु कोहीले संविधान कार्यान्वयन् भएको भनेर जतिसुकै कुर्ले पनि त्यसको कुनै अर्थ रहँदैन । त्यसैले पनि स्थानीय तह निर्वाचन संविधान कार्यान्वयनको पहिलो भरपर्दो र विश्वासिलो पाइला हो भन्नेमा विमति रहँदैन, रहनु हँदैन । खुसीको कुरा हो, दुई चरणमा गरी प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ मा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ को निर्वाचन आसन्न छ । आगामी असोज २ का लागि मतदानको तिथि तय गरिएको छ ।

RJP in Crisis/GOPA

संकटमा राजपा

धर्मेन्द्र झा

विभिन्न छ वटा राजनीतिक दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफूभित्र उत्पन्न केही विवादलाई सहमतिमा टुंग्याउँदै विधान पारित गरेसँगै निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया सुरु गरेको छ । यसअघि दुई चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सहभागिता नजनाएको राजपाले बाँकी रहेको तेस्रो चरणको निर्वाचनमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय अन्यौलमा छ । विगतमा निर्वाचनमा सहभागी नहुनुको कारण स्पष्ट छ—उसले उठान गरेका मागले सम्बोधन प्राप्त गरेका छैनन् । विगतमा सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव पारित हुन नसकेको अवस्थामा राजपाको आगामी रणनीति संकटमा पर्न सक्छ भन्दा अस्वाभभाविक हुँदैन । दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएसँगै सरकारले संविधान संशोधन प्रस्तावलाई अगाडी बढाउने र पारित गराउने विगतमा सहमति भए पनि अहिले तत्कालै यो कार्य सम्भव देखिएको छैन ।